डडेल्धुरामा एक जनप्रतिनिधिमा कोरोना संक्रमण

डडेल्धुरामा एक जनप्रतिनिधिमा कोरोना संक्रमण

डडेल्धुरा : डडेलधुरामा जनप्रतिनिधिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।सोमबार डडेल्धुरामा कोरोना पुष्टि भएका ७ जनामा एकजना जनप्रतिनिधि रहेको परशुराम नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

जिल्लाको परशुराम नगरपालिकामा सोमबार कोरोना पुष्टि भएका ३ जना मध्ये १ जना जनप्रतिनिधि रहेको परशुराम नगरपालिका स्वास्थ्य शाखा उप संयोजक हिक्मतबहादुर धामीले जानकारी दिए । सोमबार पुष्टि भएका २०, २५ र ५७ वर्षीय पुरुषमध्ये ५७ वर्षीय पुरुष परशुराम नगरपालिकाका सदस्य हुन् । उनी त्रीवेणी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसिरहेका थिए । 

अन्य २०, र २५ वर्षीय पुरुष दुवैजना भातबाट आएका हुन् । उनी वडा नं ५ परिगाउँ र वडा नं ७ साँदनीको क्वारेन्टाइनमा बसिरहेका बुझिएको छ । यो सँगै डडेल्धुरामा १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। डडेल्धुराका पहिला कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । सबैको अवस्था समान्य रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.