पीसीआर मेसिन खरिद गर्न उद्योगीले दिए ७० लाख

पीसीआर मेसिन खरिद गर्न उद्योगीले दिए ७० लाख

वीरगन्ज :वीरगन्जका उद्योगी व्यवसायीले कोरोना भाइरसको जँच गर्ने पीसीआर मेसिन खरिदका लागि वीरगन्ज महानगर पालिकालाई ७० लाख रुपैयाँ सहयोग गरेका छन् ।  कोरोना परीक्षणको दायरा बढाउन आवश्यक रहेको भन्दै महानगरपालिकाले मेसिन खरिदका लागि आर्थिक सहयोगको सार्वजनिक आह्वान गरेको थियो । 

आह्वानअनुसार वीरगरगन्जका उद्योगी व्यसायीले मेसिन खरिदका लागि चाहिने ७० लाख रुपैयाँ मङगलबार महानगरपालिकालाई प्रदान गरेका हुन् । महागरपालिकामा मङगलबार आयोजित कार्यक्रमममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले ७० लाख ११ हजार रुपैयाँको चेक नगर प्रमुख विजय सरावगीलाई हस्तान्तरण गरेका हुन् । 

वीरगन्ज उद्योग वाणिज्य संघले ११ लाख ११ हजार रकम सहयोग गरेको हो ।बाकी ५९ लाख रुपैयाँ संघको आग्रहमा उद्योगी व्यवसायीले महानगरलाई दिएका हुन् ।  उद्योगी वीरेन्द्र संघाइले २० लाख , बाबुलाल चाचानले १० लाख , राजेश अग्रवालले ६ लाख , हिरालाल केडिया, आत्माराम काबरा, मुरलीधर रुंगटा र  अनिल रुंगटाले जनही ५÷५ लाख रुपैयाँ सहयोग गरेका हुन् । अशोक बैद्यले २ लाख र चिरन्जीवी सरावगीले पनि १ लाख रुपैया दिएका हुन् ।
   

यसअघि सोमबार बाराको सूर्य नेपाल प्रालिले पनि महानगरपालिकालाइ १५ लाख रुपैयाँ प्रदान गरेको थियो । पर्साको पटेर्वा सुगौली गाँउपालिकाले पनि कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । यसबाहेक वीरगन्जका सामुदायिक विद्यालय , विभिन्न संघसंस्थाले पनि महानगरको विपद व्यवस्थापन कोषमा कोषमा रकम उपलब्ध गराएका छन् । 

जेठ ६ गते महानगरपालिकाकाको समन्वयमा जिल्लाका सबै पालिकाका प्रमुख , प्रदेश सांसद , राजनीतीक दलका प्रमुख ,उद्योगी व्यवसायीको सहभागीतमा सर्वपक्षीय बैठक बसेको थियो ।बैठकमा नगर प्रमुख सरावगीले  कोभिडविरुद्धको लडाइमा महानगरलाई सहयोग गर्न आग्रह गरेका थिए ।

उनको आग्रहमा बैठकले जिल्लाका सवै पालिकाबाट गरी ५ करोड र उद्योग वाणिज्य संघ लगाएत उद्योगी व्यवसायीबाट ५ करोड गरी जम्मा १० करोड रुपैयाँको प्रकोप कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

मङगलबारसम्म महानगरको प्रकोप व्यवस्थापन कोषमा २ करोड ५० लाख भन्दा बढी रकम जम्मा भइसकेको नगर प्रमुख सरावीले जानकारी दिए । उनका अनुसार, कोषमा महानगरपालिका आफैले १ करोड रकम जम्मा गरेको छ ।बाँकी डेढ करोड रुपैयाँ विभिन्न संघसंस्था र दाताबाट सहयोग स्वरुप प्राप्त भएको नगर प्रमुख सरावगीले जानकारी दिए। 

पर्साकै बहुदरमाइ नगरपालिकाले पनि बुधबार ५० लाख रुपैयाँ कोषमा सहयोग गर्ने प्रतिबद्धता जनाएको सरावगीले बताए । महानगरले पीसीआर मेसिन खरिदका लागि टेण्डर (बोलपत्र) आह्वान गरिसकेको जानकारी दिँदै सरावगीले भिटिएम किट खरिदको प्रक्रिया पनि बुधबार देखि सुरु गर्ने जानकारी दिए । 

'पीसीआर मेसिन र त्यसमा लाग्ने सबै उपकरण समेत गरेर करिब ६५-७० लाख पर्छ, त्यसका लागि चाहिने रकम उद्योगी व्यपारीले दिएका छन्, सरावगीले भने, 'मेसिन र किट खरिदपछि महानगरले नारायणी अस्पतालमै मेसिन उपलब्ध गराउँछ , त्यहिबाट जेकजाचको काम हुन्छ ।'
 
नारायणी अस्पतालमा यसअघि नै संघीय सरकारले पठाएको पीसीआर मेसिनबाट कोरोनाको परीक्षण हुँदै आएको छ ।अब महानगरपालिका आफैले अर्को मेसिन खरिद गरेपछि नारायणी अस्पतालमा २ वटा मेसिनबाट कोरोनाको परीक्षण हुनेछ ।
 
एउटा मात्र मेसिन मात्र हुँदा त्यसले आवश्यकता भएजतिको कोरोना परीक्षण हुन नसकेपछि जिल्लामा परीक्षणको दायरा बढाउन महानगरपालिका आफैले थप एउटा मेसिन खरिदका लागि अगाडि सरेको  सरावगीले बताए। 

अब २ वटा मेसिन भएपछि परीक्षणको दायरा निश्चि बढ्छ, उनले भने, 'यदि पालिकाले सहयोग गरे भने जिल्लाका प्रत्येक नागरिकको परीक्षण गर्ने हाम्रो योजना छ । पीसीआर मेसिन र किट खरिद पछि कोषमा बाँकी रहने रकम वीरगन्जमा संचालित क्वारेन्टाइन र कोभिड १९ अस्पताल संचालन र व्यवस्थापनमा खर्च गरिने सरावगीले जानकारी दिए ।   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.