एम्बुलेन्समा गाजा र ट्यांकरमा मदिराको तस्करी

एम्बुलेन्समा गाजा र ट्यांकरमा मदिराको तस्करी

वीरगन्ज : वीरगन्जमा प्रहरीले बिरामी ओसार्ने एम्बुलेन्सबाट बुधबार ५६ केजी गाजा बरामद गरेको छ । प्रहरीले एम्बुलेन्समा गाजा ओसार्ने चालकसहित ३ जनालाई पक्राउ पनि गरेको छ ।

बाराको सिमरास्थित अल्पाइन मेडिकल कलेज तथा शिक्षण अस्पतालको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्ससबाट १० वटा पोकामा रहेको ५६ केजी गाजा बरामद भएको हो । 
पक्राउ पर्नेमा एम्बुलेन्सका चालक सर्लाहीको लालबन्दी नगरपालिका १५ का  २३ वर्षीय जितबहादुर वाईवा, त्यही ठाउँका २२ वर्षीय दिलबहादुर वाईवा र पर्साको बहुदरमाई नगरपालिका ५ भौराटारका ३२ वर्षीय हरि शंकर महतो रहेका छन् ।

बिरामी पुरयाएर हेटौंडाबाट फर्किएको एम्बुलेन्स, सिमरास्थित मेडिकल कलेजमा नगइ वीरगन्ज आएको अवस्थामा प्रहरीले रोकेर चेक गर्दा गाजा बरामद भएको हो । 

पर्साको भौराटार जाँदै गरेको एम्बुलेन्स, बुधबार बिहान ३ बजे तिर वीरगन्ज २७ रामपुरटोलमा रोकेर चेक गर्दा एम्बुलेन्समा बिरामी राख्ने सिट मुनि लुकाएर राखिएको १० वटा पोकामा रहेको ५६ केजी गाजा बरामद भएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले बताइन् । 

प्रहरीका अनुसार, पक्राउ परेका चालक वाइवाले हेटौंडामा बिरामी पुरयाएर फर्कने क्रममा बाटोमा गाजा एम्बुलेन्समा हालेको बयान दिएका छन् ।  गाजासहित पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक पन्तले बताइन् । 

इन्धन ओसार्ने ट्यांकरबाट रक्सी बरामद
यस्तै इन्धन  ओसार्ने ट्यांकरमा मदिरा राखेर भारत तस्करी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

भारतको रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिप्पोमा इन्धन भर्न जाँदै गरेको ना २ ख ७३७५ नम्बरको ट्यांकर प्रहरीले बुधबार बिहान वीरगन्जको रजतजयन्ती चोकमा रोकेर चेकजाँच गरेको थियो । चेकजाँच गर्दा ट्यांकरबाट १३३ बोत्तल शिलबन्दी मदिरा बरामद भएको हो ।

टयांकरबाट सिग्नेचर क्वार्टर ३३ बोत्तल, ८८४८ भोड्का क्वार्टर २८ बोत्तल, नेपाल आइस क्यान बियर २४ बोत्तल र गोल्डेन ओक क्वार्टर ४८ बोत्तल बरामद भएको  प्रहरी उपरीक्षक पन्तले जानकारी दिइन्। 

टयांकरमा मदिरा तस्करी गर्ने कार्यमा संलग्न ट्यांकरका चालक हेटौँडा उपमहानगरपालिका १६ निवासी सन्दिप थिङ र सहचालक पदमबहादुर बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

भारतको बिहार राज्यमा ४ वर्षदेखि मदिराको उत्पादन, ओसारपसार, बिक्रीवितरण र सेवनमा  प्रतिबन्ध लगइएको छ । त्यही कारण नेपालका सीमावर्ती शहर र बजारबाट मदिरा भारतमा तस्करी हुँदै आएको छ । नेपालबाट तस्करी गरेर बिहारमा पुरयाइएको मदिरा त्यहा दोब्बर तेब्बर मूल्यमा बिक्री हुने गरेको छ ।

   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.