दस अर्बको हिसाब माग्दै पोखरामा नागरिक प्रदर्शन

दस अर्बको हिसाब माग्दै पोखरामा नागरिक प्रदर्शन

पोखरा : पोखरामा कोभिड–१९ नेपाल, इनफ इज इनफ ग्रुपको आयोजनामा बिहीबार भएको प्रदर्शनमा सरकारले कोरोना भाइरस नियन्त्रण गर्न गरेका प्रयास असफल भएको बताएका छन् । सरकारले गरिरहेको आरडीडी परीक्षणको औचित्य नदेखिएको, लकडाउन चलिरहँदा सरकारको गति चित्त नबुझेको भन्दै सरकारलाई सही बाटोमा हिँड्न दवाब दिन पोखरेली युवाहरु सडकमा उत्रेका हुन् । 

पोखराको सहिदचोकमा (जिल्ला प्रशासन कार्यालय कास्कीको अगाडि) देखि राष्ट्रबैक चोकसम्म दोहोरो मानव साँग्लो  बनाएर युवा हातमा विभिन्न नारा लेखिएको ब्यानरसहित मौन विरोधमा उत्रेका हुन् । 

'हन्ड्रेड पर्सेन्ट पिसीआर, करेक्ट द क्वारेन्टिन पोलिसी', 'मिनिङलेस लकडाउन इज नट आन्सर', 'सरकार खै ? १० अर्बको हिसाब खै ?', 'कर केका लागि?' लगायतका नारा लेखिएका प्लेकार्ड लिएर युवा मौन जुलुसमा सहभागी भएका थिए । सरकार कोरोना नियन्त्रण गर्न सही बाटोमा हिंडोस् भनेर कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाकी स्वंसेबी मोनीका रानाभाटले बताइन् । 

फ्रन्टलाइनमा काम गर्ने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाई कर्मचारी लगायतका लागि पनि कोरोनाबाट सुरक्षित हुने गरी आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध नभएको बिमल बरालले बताए । यसैले स्वस्फूर्त रुपमा १ हजारभन्दा बढी युवा सरकारलाई दवाब दिन भेला भएको अर्का स्वंसेवी अशोक खड्काले बताए । 

कार्यक्रमा सहभागी युवाको उपस्थितिले सरकारले आफ्ना गलत रबैया हटाएर सही मार्गमा नहिंडे युवा आन्दोलित हुने अवस्था देखाएको कार्यक्रममा सहभागीले बताएका छन् । शान्तिपूर्ण विरोध कार्यक्रममा केही युवाले अन्तिम समयमा सरकार विरोधी नाराबाजी गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.