धादिङमा थपिए ७ जना संक्रमित : संक्रमितको सङ्ख्या ३० पुग्यो

धादिङमा थपिए ७ जना संक्रमित : संक्रमितको सङ्ख्या ३० पुग्यो

धादिङ : भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका धादिङका थप सात जनामा कोरोनाको पुष्टि भएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको विभिन्न वडामा बनाइएका क्वारेन्टाइनमा रहेका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु थापाले जानकारी दिए ।

भारतबाट गाउँ फर्किएकालाई गाउँपालिका विभिन्न वडामा बनाइएको क्वारेन्टाइनमा राखेको थियो । अहिले पिसिआर गराउँदा पोजिटिभ भेटिएकाको आरडीटी गराउँदा भने नेगेटिभ रिपोर्ट आएको अध्यक्ष थापाले बताए । उनले भने, ‘हामीले उहाँहरुलाई क्वारेन्टाइनमा राखेर आरडीटी पनि गराएका थियौँ, आरडिटीको मात्रै विश्वास नलागेर पिसिआर गराउँदा आरडीटीमा नेगेटिभ देखिएकाको पिसिआर रिपोर्ट पोजिटिभ आएको हो ।’

संक्रमितमध्ये रानीपौवा मावि सल्यानटारको क्वारेन्टाइनमा १ जना र सुन्दरी मावि आगिन्चोकको क्वारेन्टाइनमा ६ जना रहेको अध्यक्ष थापाले जानकारी दिए ।

उनीहरुको गत जेष्ठ २५ गते स्वाव सङ्कलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसअघि त्रिपुरासुन्दरीकै क्वारेन्टाइनमा रहेका अन्य १२ जनाको आरडीटी पनि पोजिटिभ देखिएको थियो ।

संक्रमितको थप उपचार र आइसोलेशनको व्यवस्था तथा संक्रमितको सम्पर्कमा रहेकाको खोजपहिचान गर्नको लागि सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, स्वास्थ्य कार्यलय प्रमुख डाक्टर भुवन पौडेल लगायतको टोली सल्यानटार पुगेको छ । त्रिपुरासुन्दरी गाउँपालिकामा हाल भारतबाट आएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या ५० जना रहेको स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठले जानकारी दिए ।  

योसँगै धादिङमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या ३० पुगेको छ । गत सोमबार धादिङको नीलकण्ठ नगरपालिकाको क्वारेन्टाइनमा बसिरहेका १६ जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो । ३० जनामध्ये ३ जना भने निको भएर घर फर्किसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.