सरकारविरुद्ध वीरगन्जका युवा प्रदर्शनमा

सरकारविरुद्ध वीरगन्जका युवा प्रदर्शनमा

वीरगन्ज : कोरोना महामारी नियन्त्रणका नाममा सरकारले गरिरहेको लापरवाही र राज्य कोषको दुरुपयोगका विरोधमा बिहीबार वीरगन्जमा युवाहरुले सडक प्रदर्शन गरेका छन् । युवाहरुको समूह संस्कृतिको अगुवाइमा वीरगन्जका युवा, युवती, सामाजिक अभियन्ताहरुले आदर्श नगर चोकमा बिहीबार साँझ सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले १० अर्ब खोइ ? बाच्दासम्म हाहाकार मरेपछि पिसीआर , आरडीटी टेष्ट बन्द गर, सबै नागरिकको पिसीआर टेष्ट अनिवार्य गर, सरकार आत्महत्याको दर हेर इम्युनिटी पावर होइन , क्वेरेन्टाइन व्यवस्थित गर, जस्ता नारा भएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए । 

आदर्शनगर चोकबाट शुरु भएको विरोध ¥याली घण्टाघर चोकतर्फ आउने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि  प्रदर्शनकारीले महावीर मन्दिर चोकको सडकमा बसेर केहीबेर धर्ना पनि दिएका थिए।

लकडाउनमा जनतालाई घरमा थुनेर सरकारले कोरोना नियन्त्रणको बहानामा राज्य कोषको चरम दुरुपयोग गरिरहेकाले त्यसको विरोधमा सडकमा उत्रिएको संस्कृतिकी अध्यक्ष शैली चौधरीले बताइन् । 

यो हाम्रो पहिलो चरणको विरोध हो’ उनले भनिन्, ‘यदि सरकार सच्चिएन भने हामी युवाहरु फेरि अझै सशक्त ढंगले सरकारकाविरुद्ध सडकमा उत्रिन्छौं ।’ सरकार कमिसनमा डुबेर जनताको जीवनसँग खेलवाड गरिरहेकोले सचेत गराउन युवाहरु सडकमा उत्रिएको प्रदर्शनमा सहभागी युवा अभियन्ता ओम प्रकाश सर्राफले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.