एक साता गल्याङ बजार बन्द
![एक साता गल्याङ बजार बन्द](https://annapurnapost.prixacdn.net/media/albums/Galyang-bazaar_20200612155822_L5cyjxQIsZ.jpg)
स्याङजा : गल्याङ बजार शुक्रबारदेखि एकसाता पूर्ण रुपमा बन्द गरिने भएको छ । समुदायमा कोरोना संक्रमण फैलन नदिने उदेश्यसहित एकहप्ताका लागि बजार बन्द गरिने भएको हो ।
गल्याङ नगरपालिकाको क्वारेन्टाइनमा बस्नेसँगै समुदायका व्यक्तिमा समेत कोरोना संक्रमण देखिएपछि नगरपालिकाले एक साताका लागि बजारपूर्ण रुपले बन्द गर्ने जनाएको हो ।
भारतबाट आई गल्याङ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका १६ नागरिकसँगै २ जना सरसफाइकर्मी कर्मचारीमा शुक्रबार संक्रमण पुष्टि भएपछि नगरपालिकाले चासो बढाएकोे हो।
गल्याङ नगरपालिकामा बसेको बैठकले कोरोना अत्यावश्यकबाहेक सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको नगर प्रमुख भुपराज अधिकारीले जानकारी दिए । कोरोना संक्रमण समुदाय स्तरमा फैलने सक्ने अनुमान गर्दे सचेत र सावधानी अपनाउनु पर्ने बेैठकको निष्कर्ष छ ।
नगर कार्यसमितिका पदाधिकारी, वडाध्यक्ष, चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ तथा यातायात व्यवसायी, सुरक्षाकर्मीसहितको बैठकले औषधि पसल, दुध डेरी र तरकारी पसल बाहेकका सबै पसल बन्द गर्ने निर्णय गरेको प्रमुख अधिकारीले जानकारी दिए । उनले भने ‘वित्तीय संस्था र खाद्यान्न पसल पनि एक हप्ताको लागि बन्द गर्ने निर्णय भएको छ ।’ यसैबीच, प्रमुख भुपराज अधिकारीले विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नगर कार्यपालिका बन्द हुने जानकारी गराउदै अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र उच्च सतर्कता अपउनाउन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)