राहतबाट वञ्चित विपन्न दलित परिवारले पाए सहयोग

राहतबाट वञ्चित विपन्न दलित परिवारले पाए सहयोग

वीरगन्ज  ः जनप्रतिनिधिको राजनीतिक प्रतिशोधका कारण राहतबाट वञ्चित भएका पर्साको जीराभवानी गाँउपालिका–५ का विपन्न दलित परिवारले राहत भएका छन्। अन्नपूर्ण पोष्टमा यसबारे समाचार प्रकाशन भएको थियो । लकडाउनको ८० दिनसम्म पनि राहत नपाउदा विपन्न दलित परिवार बिजोगमा परेको समाचार आएपछि उक्त वडाका दलितलाई दाताहरुले नगद र जिन्सी सहयोग गरेका हुन् । 

सामाजिक अभियन्ता प्रकाश थारुले वडा नम्बर ५ को दलित बस्तीका ९ परिवारलाई आफनो निजी खर्चमा खाद्यान्न (चामल, दाल, तेल, आलु) सहयोग गरेका गरेका छन् ।
दलित बस्तीका दुवै खुट्टा विकलाङ रहेका शिवशंकर मुसहरलाई थारुले एक महिना खान पुग्ने खाद्यान्न दिएका छन । अन्य ८ परिवारलाई एक हप्ता पुग्ने खाद्यान्न प्रदान गरेका हुन्।

अन्नपूर्ण पोष्टमा गरिब दलितको विजोग भएको समाचार पढेपछि दलित बस्तीमा पुगेर आफूले सकेको सहयोग गरेको थारुले बताए ।  ‘विकलाङ शीवशंकर मुसहरलाई सहयोग गर्न भनेर दलित बस्तीमा पुगेको थिएँ’ थारुले भने, ‘त्यहाँ अरु ८ परिवारको पनि चुल्हो नै नबलेको थाहा पाएपछि उनीहरुलाई पनि सकेको जति सहयोग गरेँ।’  

पर्साको कालिकामाइ गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत राजु साहले दलित बस्तीका विकलाङ शिवशंकर मुसहरलाई नगद १० हजार रुपैयाँ सहयोग गरेका छन् । प्रदेशसभा सांसद अन्जु यादवले वडा नम्बर ५ का १५० भन्दा बढी दलित परिवारलाई खाद्यान्न बाँडेकी छिन् ।  त्यसपछि गाँउपालिकाले वडा नम्बर ५ मा ९ सय परिवारलाई राहत बाडेको छ ।

तर गाँउपालिका उपाध्यक्ष उषा देवी थरुनी र वडा अध्यक्ष दारा सिंह राउतबीचको राजनीतिक प्रतिशोधका कारण उक्त वडामा अझै ४ सय परिवार राहतबाट वञ्चित छन् ।  राहत पाउनबाट वञ्चित भएका अन्य परिवारलाई पनि सहयोगका लागि आफूले दाताहरुसँग समन्वय गरिरहेको सामाजिक अभियन्ता थारुले बताए।
    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.