मल अभावले किसान चिन्तित

मल अभावले किसान चिन्तित

मलंगवा  : धान रोप्ने समयमा जिल्लामा मल अभाव भएपछि सर्लाही सदरमुकाम मलंगवा लगायत आसपासका गाउँका किसानहरु चिन्तित बनेका छन् । रोपाइँका लागि खेतमा ब्याड तयार भएको छ । एक हप्तापछि पानी पर्यो भने रोपाइँ सुरु हुन्छ । तर, सहज रुपमा मल उपलब्ध नहुँदा किसान चिन्तित बनेका छन् । 

केही व्यापारीले मल राखे पनि अभावको फाइदा उठाउँदै चर्को मूल्यमा बिक्री गर्दै आएका किसानले गुनासो गरेका छन् । कोरोना भाइरसका कारण जिल्लामा मल नआउँदा बिक्री वितरणमा समस्या भएको कृषी सामाग्री संस्थान लिमिटेडले जनाएका छन् । जिल्लामा अहिले मलको अभाव भएकाले किसान मारमा परेको संस्थानले जनाएको छ । 

मलको अभावमा बीउ पनि त्यतिकै छरेको मलंगवा ७ गणेशियाका किसान जोगेन्द्र रायले बताएका छन् । ब्याडका लागि बीउ छर्नुभन्दा अगाडि डिएपी मल खेतमा हाल्दा राम्रो हुन्छ । ब्याड चाडै बढ्ने र सप्रिने हुन्छ । तर, मल नपाउँदा त्यत्तिकै बीउ छर्नु परेको गुनासो रायको रहेको छ । ‘बीउ छर्ने बेलामा मल नहाल्दा ब्याड यस वर्ष राम्रो हुन सकेन’, रायले भने, ‘ब्याड राम्रो भएन भने धान पनि त्यति राम्रो फल्दैन । एक महिना अगाडि छरेको ब्याड राम्रो भएन । मल नहुँदा फेरि ब्याडका लागि बीउ छर्नु परेको छ । बजारमा मल छैन् । भारतबाट ल्याउन जाउ भने लकडाउनका कारण प्रहरीले जान दिँदैन् । अरु वर्ष नेपाली बजारमा अभाव हुँदा भारतबाट ल्याएर पनि खेती गर्थ्यौं । यसवर्ष कुनै उपाय छैन।’ 

जिल्लामा अहिले मलको अभाव रहेको कृषी सामग्री संस्थान लिमिटेडका प्रमुख बज्रमणि लामाले जानकारी दिएका छन् । 'धान खेतीका लागि मात्रै जिल्लामा १५ सय मेट्रिक टन डिएपी र २ हजार मेट्रिक टन युरिया मलको आवश्यक्ता पर्छ । अहिले संस्थानमा करिब १ सय ५० मेट्रिक टन डिएपी र २ ट्रक युरिया छ । पोटास अलिकति पनि छैन', उनले भने, 'गोदाममा भएको मलले त एक दुई गाउँलाई पनि पुग्दैन। अहिलेलाई डिएपीको माग बढ्दो छ । श्रावण तिर रोपाइँ भइसकेपछि युरिया चाहिन्छ । माग गरेका छौं । आयो भने सहज हुन्छ ।

केही दिन अगाडि आएको मल मकै खेतीका लागि किसानहरुले लिएर गएका र अहिले धान खेतीको समय छ गोदाममा मल नभएको उनले बताए । किसान मलका लागि फोन गरेर हैरान बनाएको छ । अषाढ १ गतेदेखि मल सहकारीमार्फत बिक्री वितरण गर्ने तयारी गरेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.