क्वारेन्टाइनमा लैजाँदै गर्दा युवक भीरबाट हाम फाले

क्वारेन्टाइनमा लैजाँदै गर्दा युवक भीरबाट हाम फाले

पर्वत : क्वारेन्टाइनमा राख्नका लागि बसमा जाँदै गरेका एक जना युवाले पर्वत कुस्मा नगरपालिका ८ मा पर्ने चुवाको भीरबाट हाम फालेर आत्महत्याको प्रयास गरेका छन् । बागलुङ नगरपालिका १३ का ३९ वर्षीय चन्द्रबहादुर नेपालीले सोमबार बिहान पोखरा बागलुङ सडकमा बस रोकेको समयमा भीरबाट हाम फालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार सुनौलीबाट उद्दार गरी बागलुङतर्फ जाने क्रममा बस रोकेको मौका पारेर भीरबाट हाम फालेका नेपाली गम्भीर घाइते भएका छन् । घाइते नेपालीको पर्वत अस्पतालमा उपचार भइरहेको छ । स्थिति गम्भीर भएका कारण थप उपचारका लागि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले जानकारी दिए । 

लु २ ख ४२२० नम्बरको बसमा पर्वत, बागलुङ र म्याग्दीका नागरिकहरु भारतबाट फर्केपछि क्वारेन्टिनमा बस्न जाँदै गरेका थिए । पर्वतका नागरिकलाई डिमुवामा झारेपछि बस बागलुङ र म्याग्दीका नागरिक बोकेर आएको थियो ।

सडकको अवस्थाका कारण अगाडि जान नसक्ने भनेर बस चालकले इन्कार गरेको मौकामा नेपाली भने भीरबाट हाम फालेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.