डोटीमा मिनिट्रक दुर्घटना : बाबु छोराको मृत्यु
डोटी : डोटीको बडिकेदार गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गाउँपालिका-३ सुनालेकमा से १ ख १२६२ नम्बरको मिनिट्रक दुर्घटनामा परि सोही ठाउँका बुवा छोराको मृत्यु भएको हो।
मृत्यु हुनेमा ४० वर्षीय डबल पुन मगर र उनका १३ वर्षीय छोरा धिरज रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। ट्रक चालक श्यामलाल चौधरी फरार रहेका छन्। घागलबाट धनगढी जाँदै गरेको उक्त मिनिट्रक सोमबार पौने तीन बजे सुनालेक नजिक दुर्घटना भएको हो। कच्ची बाटो भएको र पानी परेर चिप्लो भएका कारण दुर्घटना हुँदा ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको छ। ट्रकमा सवार अन्य हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ। घाइतेको विवरण आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय बिपीनगरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !