काममा व्यस्त  क्वारेन्टाइनका युवा

काममा व्यस्त  क्वारेन्टाइनका युवा

डडेल्धुरा : डडेल्धुराका  स्थानीय तहमा रहेका  क्वारेन्टाइनमा रहेका युवा विभिन्न रचनात्मक कार्यमा अग्रसर रहेका छन् । कतै आफ्नो स्वास्थ्यको लागि योग गरिरहेका छन् भने कुनै ठाउँमा सम्बन्धित विद्यालयका पर्खाल लगाइरहेका छन् ।

भारतका विभिन्न सहरमा रोजागारका लागि पुगेका युवा घर फर्किएका छन् । भारतबाट आएका मानिसलाई अनिवार्य दुईहप्ता कोरेन्टाइनमा बस्नु पर्ने भएपछि उनीहरु विद्यालयमा बनाइएको  क्वारेन्टाइनमा बसिरहेका छन् । आफू बसेकै ठाउँमा अहिले उनीहरु बिहान योगा र दिउँसो विद्यालयको आवश्यक्ता अनुसार पर्खाल लगाउने, चौर फराकिलो पार्ने, फर्निचर मर्मत गरिदिने जस्ता कार्य गर्दै छन् ।

डडेल्धुराको परशुराम नगरपालिका वडा.न ४ कटालको शिवर्पावती माद्यमिक विद्यालयको  क्वारेन्टाइनमा बसेका युवाले विद्यालयमा करिव तिस फिट लामो पर्खाल लगाएका छन् । अशिग्राम मावि वडाल र भुवनेश्वरी मावि जैसेरामा पनि युवाले पर्खालका साथै चौर पनि चौडा पारिदिएका छन् ।

आफू पढेको विद्यालयमा दुईहप्ता खाली बस्नुभन्दा सबै मिलेर पर्खाल लगाइ सहयोग गरेका शिवपार्वती माविको क्वारेन्टाइनमा रहेका युवा रामबहादुर बोहराले बताए । उनीहरु अहिले  क्वारेन्टाइनबाट घर फर्किसकेका छन् । उनीहरुको आरडिटी जाँच गर्दा नेगेटिभ आएकाले घर फर्काइएको परशुराम स्वास्थ्य शाखाले जनाएको छ । 

कोरोना भाइरस संक्रमण र सन्त्रासका कारण भारतमा रोजगारी गुमाएर घर फर्किएका करिव पाँच हजार मानिस मध्ये सोमबारसम्म १ सय ४३ बालबालिका र २ सय ८२ महिलासहित २४ सय ६ जना  क्वारेन्टाइनमा रहेका छन् । अरु घर फर्किएका छन् । उनिहरुमध्ये ३९ जनालाई कोरोना देखिएको छ ।
 
क्वारेन्टाइनमा बसेकालाई योग गराउन योग शिविर संचालन योगा सिकाइएको छ। तनावमुक्त गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि डडेल्धुराका क्वारेन्टाइनमा बसेकालाई योगा सिकाइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुराले जनाएको छ । पहिलो चरणमा अमरगढी नगरपालिकामा रहेका क्वारेन्टाइनमा रहेका स्थानीयलाई योगा सिकाइँदै छ । 

क्वारेन्टाइना बसेकाको मानसिक, शारीरिक समस्या मुक्त गराउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने जडीबुटीका बारेमा ज्ञान दिन बिहानको समयमा योगा सिकाउने अभियान नै संचालन गरेको जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र डडेल्धुरा प्रमुख निशान्त शर्माले बताए ।‘अहिले विश्वमै महामारीको रुपमा फैलिरहेको कोरना भाइरसको त्रासबाट बञ्च्न पनि योग र शारीरिक व्ययाम आवश्यक मानिन्छ । लामो समय घर परिवारबाट अलग्गै बस्दा मानसिक तनाव हुने भएकाले पनि तनाव र नकरात्मक सोचबाट मुक्त गर्न योग शिविरको आयोजना गरी योगा सिकाउन थालेको हो', उनले भने । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.