लकडाउन खुकुलो : घुमफिरमा रमाउँदै पोखरेली
पोखरा : कोरोना भाइरस (कोभिड-१९) सक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन खुकुलो भएसँगै युवाहरु घुमफिरमा रमाउन थालेका छन्। निजी कार, मोटरसाइकल चलाउन छुट भएसँगै पोखरेली युवा र परिवारसहित फेवाताल किनार, बेगनासताल र वरपरका डाँडामा घुमफिरमा निस्कने क्रम बढेको हो।
प्रहरीले भीड भएको ठाउँमा पुगेर यसरी निस्कनेलाई सम्झाई-बुझाई गरे पनि घुमफिरमा रमाउने भने रोकिएका छैनन्। करिब तीन महिना घरमै बसेकोले युवा लकडाउन खुकुलो भएपछि 'रिफ्रेस' हुन बाहिर निस्केको बताउँछन्। यसरी निस्केका युवाले आप्नो स्वास्थ्य सुरक्षालाई समेत बेवास्ता गरेर बिना मास्कसमेत हिँडेको देखिएको छ।
गर्मी बढेसँगै युवा साँझ पख बढी संख्यामा फेवाताल किनारमा टहलिन, पौडीसमेत खेल्ने गरेका छन्। फेवाताल किनारमा टहलिने युवादेखि वृद्धवृद्धासम्म रहेका छन्। स्थानीय वृद्धवृद्धा खुट्टा तन्काउन ताल किनारमा निस्कने गरेका हुन्।
_20200617092406.jpg)
_20200617092406.jpg)
_20200617092406.jpg)
_20200617092406.jpg)
_20200617092406.jpg)
_20200617092406.jpg)
_20200617092405.jpg)
प्रतिक्रिया दिनुहोस !