थप १८ जनामा कोरोना संक्रमण, कर्णालीमा संक्रमितको संख्या ११ सय नाघ्यो

थप १८ जनामा कोरोना संक्रमण, कर्णालीमा संक्रमितको संख्या ११ सय नाघ्यो

सुर्खेत : कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार ४ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा १४ गरी थप १८ जना नयाँमा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार बुधबार पृष्टि भएका नयाँ संक्रमितमध्य सुर्खेत र दैलेखका २÷२ तथा कालिकोट सान्नीत्रिवेणी गाउँपालिका २, ३ र ५ नम्बर वडाका १४ जना रहेका छन् ।

कर्णालीमा हालसम्म ४ सय ९४ जनाले कोरोना जीतेर घर फर्किएका छन् भने १६ हजार बढीको कोरोना परीक्षण गरिएको छ । कर्णालीमा कोरोना पुष्टि भएका तीनजनाको हालसम्म मृत्यु भएको छ। गएको सोमबार बिहान सुर्खेत गुर्भाकोटमा क्वारेन्टाइन बसेका एक युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

कर्णालीमा हालसम्म सबैभन्दा बढी दैलेखमा ६ सय ३६ जना र सबैभन्दा कम हुम्ला र डोल्पामा एक÷एक तथा मुगुका दुईजनालाई कोरोना पुष्टि भएको छ । यस्तै सल्यानका १ सय ३७, सुर्खेतका २ सय ३७, जाजरकोट ८, कालिकोट ४२, जुम्लामा २४ र अन्य प्रदेशका १६ जनामा कोरोना पुष्टि भएको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.