पर्वतमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३४ पुग्यो
पर्वत : पर्वतमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवनको प्रयोगशालामा भएको परीक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको पर्वत जिल्ला अस्पतालले जनाएको छ।
संक्रमितहरुमा कुश्मा नगरपालिका-१२ ठुलीपोखरीका १, वडा नं. १३ खौलालाकुरीका १ जना गरी २ जना, फलेवास नगरपालिका-२ थापाठानाका २ र मोदी गाउँपालिका - ६ तिलाहारका १ जना पुरुष रहेका छन्।
उनीहरु सबै भारतबाट फर्किएर कुश्माको पुलिङ क्वारेन्टाइनमा बसेका थिए। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ। योसँगै पर्वतमा संक्रमितको सख्ंया ३४ पुगेको छ। बुधबार मात्र पर्वतमा फलेवास नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको थियो।
आज पुष्टि भएकाहरुलाई पनि कुश्माको अस्थायी कोरोना अस्पतालमा भर्ना गरेर उपचार गरिने पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए। यस अघि भेटिएका २९ जना पनि सोहि अस्पतालको आइसोलेशनमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !