१७ कोरोना संक्रमितको उपचारमा एक अनमी

१७ कोरोना संक्रमितको उपचारमा एक अनमी

बाजुरा : बाजुराको बुढिगंगा नगरपालिकाको धुरालसैन क्वारेनटाइनमा १७ जना कोरोना संक्रमित छन् । १७ जना संक्रमितको उपचार एक जना करारमा रहेकी अनमी दिया सिंहले गरिरहेकी छन् । 

उनले क्वारेनटाइनमा कोरोना कारणले मृत्यु भएकी २ वर्षीया बालिकालाई समेत उपचार गरेकी हुन् । धुरालसैन क्वारेनटाइनमा बसेका १ सय ८२ जनामध्ये १९ जनालाई कोरोना पुष्टि भइसकेको छ । सोही क्वारेनटाइनमा बसेकी २ वर्षीया बालिकाको जेठ १८ गते कोरोनाबाट मृत्यु भएको हो । संक्रमित १७ जना त्यसै धुरालसैन माबिको क्वारेनटाइमा बसिरहेका छन् । ४ दिनको शिशुमा पनि कोरोना पुष्टि भएको छ, त्योसँगै ३ वर्षीया बालिका, १४ वर्षीय बालक, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीया पुरुषमा कोरोना देखिएको हो । एक जना भने जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा रहेकी छन् । 

दिया सिहं बुढिगंगा नगरपालिकाको करार कर्मचारी हुन्। उनको तलब पनि अनमीले पाउनु पर्ने स्केल २६ हजार ६ सय १० भन्दा कम छ । उनी अहिले १६ हजार मासिकत लबमा काम गर्छिन् । दिया भन्छन्, 'यो बेला जागिरभन्दा पनि स्वास्थ्यकर्मीको दायित्व र मानवीय सेवा मेरो कर्म हो। म जागिरभन्दा पनि बिरामीको उपचारमा रमाउँछु', उनले थपिन्, 'म यही ठाँउको स्थानीय पनि हो, संकटको बेला त झन उपचारमा नखटिए के स्वास्थ्यकर्मी हुनु? फ्लोरेन्स नाइटिङ्गेलको इतिहास पढेर म प्रेरित छु, म तल्लो तहको कर्मचारी हुँ। गाउँका समस्या व्यथा राम्रोसँग बुझेको छु । संकटमा काम गर्दा पो पढेको अर्थ हुन्छ।'

नगर प्रमुख दिपकबिक्रम शाह भन्छन्, 'दियाले यो संकटको बेला निकै राम्रो काम गरेकी छिन् । उनी करार कर्मचारी हुन्। जागिर छोडेर पनि जान सक्थिन्, वा अन्य कारण देखाएर पनि काम  नगर्न सक्थिन्, तर त्यसो गरिनन्।' स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्त भन्छन्, 'दियाले निकै उत्कृष्ट काम गरेकी छन् । ४ दिनको संक्रमित बालिकाले दूध खान छोडेकी थिइन् । तिनले उपचार गरेर अहिले सामान्य अवस्थामा आइसकेकी छन्।' आइसोलेसनमा सकेसम्म चिकित्सकको निगरानी नभइ हेल्थ असिटेन्ट तहको कर्मचारी हुनुपर्ने भए पनि १७ जना संक्रमितको उपचारमा दिया मात्र रहेकी छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.