पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

पर्वत : पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टिसँगै अस्पतालले शुक्रबारदेखि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको छ ।

पर्वत अस्पतालले विज्ञप्ति प्रकाशित गर्दै संक्रमण पुष्टि भएको जानकारी दिएको छ। पर्वत अस्थायी कोरोना अस्पतालमा संक्रमितको उपचारमा संलग्न डाक्टरसहितका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको पर्वत जिल्ला अस्पतालका प्रमुख डा.शिशिर देवकोटाले जानकारी दिए । 

जेठ २० गते पहिलो पटक संक्रमण पुष्टि भएपछि कोरोना अस्थायी अस्पतालमा एक हप्ता खटिएका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो ।कोरोना अस्पतालमा कार्यरत ७ जनाको नमुना परीक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि पर्वतमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ८ जना बिहीबार निको भएर घर फर्किएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.