१४ दिनमा डिस्चार्ज, संक्रमित लैजान पालिकाद्धारा इन्कार

१४ दिनमा डिस्चार्ज, संक्रमित लैजान पालिकाद्धारा इन्कार

बागलुङ : जिल्लाको गलकोट नगरपालिकालले धौलागिरी अस्पतालबाट डिस्चार्ज गरिएका तीन संक्रमितलाई स्थानीय तहमा लैजान इन्कार गरेको छ। कोरोना संक्रमण दर फैलिँदो क्रममा रहेकै बेला सरकारको नयाँ निर्देशन अनुसार अस्पतालले संक्रमितहरुलाई १४ दिन पुगेपछि कुनै लक्षण नदेखिएको हकमा डिस्चार्ज गर्ने गरेको छ।

तर गत जेठ २२ गते कोरोना संक्रमण पोजिटिभ देखिएका गलकोट नगरपालिकाका ३ जनालाई बिहिवार अस्पतालले डिस्चार्ज गरे पनि रिपोर्ट नेगेटिभ नआई लैजादा समुदायमा तिव्र जोखिम हुने भन्दै नगरपालिकाले लैजान अस्वीकार गरेको छ। अस्पतालले बिहिवार गलकोट सँगै बडिगाडका अरु तीन जनालाई पनि डिस्चार्ज गरेको थियो। उनीहरुलाई भने बडिगाड गाउँपालिकाले सम्बन्धित गाउँमा पठाएको छ।

धौलागिरी अस्पतालका सूचना अधिकृत तिर्थराज गौतमले गलकोटका तीन जना नेपाल सरकारको पछिल्लो निर्देशन अनुसार डिस्चार्ज गरिए पनि पालिकाले लैजान आनाकानी गरेको बताए। ‘अस्पतालको अफिसियल हिसावले डिस्चार्ज गरिएको जानकारीसहित लिन आउन भनेर मैलेनै मेयर साबलाई फोन गरेको थिए, तर अरु परीक्षण र नेगेटिभ रिपोर्ट नआइकन नलैजाने मनस्थिति भएको प्रतिक्रिया उनले दिए। ’सूचना अधिकारी गौतमले भने, ‘बडिगाडले अरु तीन जना लगे पनि गलकोटका डिस्चार्ज भएका तीन जना आइसोलेसन कक्षमै बसिरहेका छन्।’ उनका अनुसार, विश्व स्वास्थ्य संगठनको संक्रमित भएको १० दिनमा कुनै लक्षण नदेखिए सर्ने र सार्ने जोखिम नहुने तथ्यलाई आधार बनाउदै नेपाल सरकारले १४ दिनमा डिस्चार्ज गर्ने मापदण्ड अनुसार १० जनालाई डिस्चार्ज गरिसकिएको छ। यसअघि संक्रमित भए पश्चातको लगातार दुई वटा पीसीआर रिपोर्ट नेगेटिभ आए पछि मात्र डिस्चार्ज गर्ने गरिएको थियो।

गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले संक्रमित भए पछि कुनै पनि परीक्षण नगरी डिस्चार्ज गर्ने कार्यले समुदायको जोखिम र आतंक फैलाउने भएकाले आइसोलेसबाट घर लैजान अस्वीकार गरिएको बताए। ‘कोरोना संक्रमण दैनिक बढ्दो क्रममा छ, घुम्ने कुर्चीमा बसेर मनोगत निर्णय गर्दै केन्द्र र प्रदेश सरकार पन्छिने त्यसको सबै भागिदार स्थानीय सरकार र समुदाय बन्नुपर्ने? मेयर गैरले आक्रोशित मुद्रामा भने, ‘माथिल्लो नीति निर्माता तहमा बस्ने तर तल्लो तहको यथार्थ अवस्था नबुझेर मनोगत निर्णय गर्नेहरुको प्रतिकात्मक बिरोध स्वरुप १४ दिन पुग्दैमा आइसोलेसनबाट संक्रमित लैजान इन्कार गरेका हौ।’

धौलागिरी अस्पतालले १४ दिनमा संक्रमितलाई आइसोलेसनबाट डिस्चार्ज गरे पनि आफ्नै पालिकाले निर्माण गर्न लागेको आइसोलेसनमा लगेर पुनः राख्ने गलकोट नगरपालिकाको तयारी छ। ‘परीक्षण नगरी आउने भो भन्दा घर, गाउँ, समाज सबै आतंकित भएको र पालिकाको आइसोलेसन बनाउन केहि दिन लाग्ने भएकाले अस्पताललाई सोही स्थानमै राख्न भनेको मेयर गैरेले बताए। अहिले बागलुङमा ४२ जना संक्रमित छन्। जसमध्ये १२ जना डिस्चार्ज भइसकेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.