कालीगण्डकी उर्लिएपछि पर्वतका विभिन्न बस्ती जोखिममा

कालीगण्डकी उर्लिएपछि पर्वतका विभिन्न बस्ती जोखिममा

कुश्मा : लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव बढेको छ । हिमालपारीको जिल्ला मुस्ताङ हुँदै म्याग्दी र पर्वत हुँदै बग्ने कालीगण्डकीको पानीको सतह शनिबार उच्च बनेको छ ।

गए रातीदेखि निरन्तरको वर्षासँगै कालीगण्डकीको सतह ह्वात्तै बढेपछि नदी किनारका बस्तीमा बाढीको जोखिम बढेको छ । जोखिममा रहेका गाँउमा पर्वतका जलजला स्थित वारीवेनी, वगरफाँट, लस्ती, खनियाघाट, मालढुंगा, अर्मादी, मोदीवेणी तथा जिल्लाको इमिचौर र सेतीवेणी बजार छन् । त्यस्तै पर्वतको छिमेकी जिल्ला बाग्लुङको जैमिनीघाट पनि कालीगण्डकीको बहाबका कारण जोखिममा परेको छ । 

नदी बढेकै कारण अहिलेसम्म कुतै क्षति भने भएको छैन । तर सो क्षेत्रका बासिन्दाले सचेत भने हुनुपर्ने प्रहरीले बताएको छ । यस्तो बेलामा किनारमा नजान पनि सुरक्षा निकायले आग्रह गरेका छन् । वहाब उच्च भए पनि अहिलेसम्म कुनै क्षति नभएको प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए । 

त्यस्तै सोही क्षेत्रको मोदीखोलाको बहाब पनि बढेको छ भने अन्य साना तीन खोलाहरुमा पनि बाढी अएको छ । यसले पर्वत जिल्लाका विभिन्न बस्तीहरु जोखिममा परेका छन् । ठूलो वर्षले पर्वतका विभिन्न सडकसमेत अवरुद्ध भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.