कोरोना संक्रमित बढेपछि स्थानीय तहमा लकडाउन कडाई

कोरोना संक्रमित बढेपछि स्थानीय तहमा लकडाउन कडाई

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या अत्याधिक बढेपछि केही स्थानीय तहले लकडाउनमा कडाइ गरेका छन्। संघीय सरकारले खुकुलो गरेको लकडाउनले कोरोना संक्रमण फैलिन भन्दै स्थानीय तहले फेरि आफ्नो क्षेत्रभित्र लकडाउन गर्न थालेका हुन्।

प्रदेशका कोरोना संक्रमित बढेको स्थानीय तहले सूचना जारी गदैँ शनिबारदेखि लागू हुने गरी बजार बन्द आग्रह गरेका छन्। प्रदेशको केन्द्र मानिने कैलालीको गोदावरी नगरपालिकाले बजार बन्द गर्न आग्रह गरेको छ। स्थानीय तहले बजार बन्द गर्न आह्वान गरेपछि शनिबार पूर्ण रुपमा बजार बन्द रहेको छ। आफ्नो स्थानीय तहमा एक जना कोरोना संक्रमितको मृत्यु भएको भन्दै गोदावरीले अर्को  सूचना जारी नहुँदासम्म नगरपालिकालगायत अत्तरिया बजार पूर्ण रुपमा बन्द गरी बजार क्षेत्रमा भिडभाड नगरिदिन अपिल मेयर हरिसिंह साउँदले बताए। गोदावरी नगरपालिकामा कोरोना संक्रमितको संख्या ९ पुगको छ। गोदावरीमा गत जेठ २४ गते पहिलो पटक कोरोना संक्रमण देखिएको थियो। जेठ ३२ गते कोरोना पुष्टि भएका गोदावरी १ का ४६ वर्षीय पुरुषको भने मृत्यु भईसकेको छ।

यस्तै प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा हालसम्म १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रवारदेखि नै  बजार सम्पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ। बिहीबार एकै दिन ५८ जनामा कोरोना देखिएको डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आफनो गाउापालिकालाई नै सिल गरेको छ। गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले गन्यापधुरा गाउँपालिकामा मात्रै ५८ जनामा कोरोनाको संक्रमण फेला परेपछि गाउँपालिका सिल गरिएको जानकारी दिए। सुदूरपश्चिम प्रदेशमा शुक्रबार बेलुकासम्म संक्रमितको संख्या सात सय ८५ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढी कैलालीका दुई सय दुई, डडेल्धुरामा एक सय ३२, बैतडीमा एक सय २०, कञ्चनपुरमा ९६, अछामका ७४, बाजुराका ७०, डोटीका ६१, बझाङमा १९ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भइसकेको छ भने एक सय ११ जना निको भएर घर फर्किसकेका छन्।

मृत्यु भएका पुरुषको सम्पर्कमा आएका ३ जनामा कोरोना संक्रमण
कैलालीको गोदावरी नगरपालिका–१ मा कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको सम्पर्कमा आएका ३ जनामा कोरोना संक्रमण देखिएको छ। मृत्यु भएका पुरुषको परिवारका तीन जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको हो। धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा मृतककी ४१ वर्षीया श्रीमती र उनका १६ र २१ वर्षीय छोरामा कोरोना संक्रमण पुष्टि भएको गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउदले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.