डडेल्धुरामा १५ कोरोना संक्रमित थपिए
डडेल्धुरा : डडेल्धुरामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
जसमा अमरगढी नगरपालिका १४ जना र अजयमेरु गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रशाद भट्टले बताए । अमरढीमा पछिल्लो दुई दिनमा २८ जनामा कमेरोना देखिएको छ । उनीहरूको पिसिआर रिपोर्ट दूईहप्ताभन्दा बढी समयमा आएको हो । डडेल्धुरामा संक्रमितको संख्या योसँगै २ सय २ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस !