किसानलाई रोपाइँको चटारो (तस्बिर)
डडेल्ल्धुरा : कोराना संक्रमित बढ्दै गइरहेका भए पनि डडेल्धुराका किसानलाई भने खेत रोप्ने चटारो छ । किसान खेतमा सामुहिक रुपमा दिनभर खेत रोप्नमा व्यस्त छन् । कोरोना माहामारीको डरसँगै किसानलाई खेत बाँझो रहने चिन्ता पनि छ ।
उनीहरुलाई रोगको भन्दा पनि भोकको बढी चिन्ता छ । ‘रोगले सितिमिति मर्दैनन्, भोकको त के उपचार हुन सक्छ?’, दिनेले पनि कतिलाई दिन सक्ला र भन्दै खेत रोप्न लागेको ५५ वर्षीया रमा नाथले बताइन् । पुन्तुरा, रगुंनका साथै अन्य खहरे खोलानाला नजिक खेत भएका भित्रिमदेश क्षेत्रका किसानलाई बाढीको समेत चिन्ता छ । केही वर्षअघि घरखेत बाढीले बगाएको पीडा बिर्सन नपाउँदै अहिले कोरोनाका कारण खेत बाँझै रहने पो हो कि भन्ने चिन्ता बढेको छ ।
डडेल्धुरा कै अन्नभण्डारको रुपमा मानिने भित्रिमदेशका खेतमा धान रोप्न नसक्ने हो भने जिल्लाभर असर पर्दछ । कोरोनाको डर लुकाएर भए पनि रोपाइँ गर्न बाध्य रहेको कटालका किसान मनिसा नाथले बताइन् । भित्रिमदेशको जोगवुढा र आलितालमा भरकर रोपाइँ सुरु भएको छ । कोरोनाको जोखिम पनि त्यसक्षेत्रमा अहिले नै बढी देखिएको छ ।
_20200623103529.jpg)
_20200623103528.jpg)
_20200623103528.jpg)
_20200623103528.jpg)
_20200623103528.jpg)
प्रतिक्रिया दिनुहोस !