डडेल्धुरामा १० जना कोरोना संक्रमित थपिए
डडेल्धुरा : डडेल्धुरामा १० जनामा थप कोरोना देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा डडेल्धुराका अजयमेरु गाउँपालिकाका ७ जना र परशुराम नगरपालिकाका ३ जनामा कोरोना देखिएको हो ।
एक जना महिलासहित नौ पुरुषमा बिहीबार कारोना पुष्टि भएको हो । योसँगै डडेल्धुरामा २ सय १५ जना कोरोना संक्रमित पुगेका छन् ।
जसमद्ये अहिलेसम्म ३५ जना निको भएर घर फर्किसकेका कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रशाद भट्टले जानकारी दिए ।
नवदुर्गा गाउँपालिका २७, गन्यापधुराका ५ , अमरगढीका २ र परशुराम नगरापालिका का १ गरी ३५ जना निको भएर घर फर्किसकेका जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !