खानेपानी योजनाको काम, नक्कली उपभोक्ता समिति बनाएर झ्वाम

खानेपानी योजनाको काम, नक्कली उपभोक्ता समिति बनाएर झ्वाम

डोटी : डोटीको एउटा खानेपानी योजनाको नक्कली उपभोक्ता समिति गठन गरेर काम भइरहेको पाइएको छ। आदर्श गाउँपालिका-२ मा रहेको ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना उपभोक्ता समिति’ नक्कली भएको पाइएको हो।

उपभोक्ताहरुको भेलानै नबोलाएर किर्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरेर गाउँपालिकाबाट पेस्कीसमेत लिएर काम भईरहेको हो। धनबहादुर साउद अध्यक्ष रहेको उपभोक्ता समिति गठन गर्दा र वडा कार्यालयसँग सम्झौताको कागज बनाउँदा समेत कसैको पनि उपस्थित नगराएको स्थानीयको गुनासो रहेको छ। उक्त समिति जेठ १२ गतेका दिन गठन गरिएको छ।

२०७६ साल फागुन महिनामा सबै उपभोक्ताहरुको उपस्थितिमा कुलप्रसाद ओझाको अध्यक्षतामा सोही योजनाको समिति गठन भइसकेको भए पनि उक्त समितिसँग सम्झौतानै नगरी गोप्य रुपमा जेठमा आएर अर्को समिति गठन भएर काम अगाडि बढाएको कुलप्रसाद ओझाले बताए। ‘हामीहरुलाई कुनै किसिमको जानकारी नगराइकनै समिति गठन गरेर काम भईरहेको छ’, ओझाले भने, ‘सबै कागजात नक्कली बनाइएका छन्, हस्ताक्षर किर्ते गरिएको छ।’‘अर्कै सडकको योजनाको समितिमा उपस्थित भएकाहरुको हस्ताक्षरसहितको कागजलाई ल्याएर खानेपानी समितिको फाइलमा राखेर उपस्थिति देखाएको छ’ अर्का उपभोक्ता नवराज ओझाले भने, ‘वडा अध्यक्षलगायतको मिलेमतोमा काम अगाडि बढेको हो, यो कुरा उपभोक्ताहरु कसैलाई थाहा छैन्।’

तीन लाख रकम रहेको योजनाको ७५ हजार पेस्की लिएर काम अगाडि बढाइसकेका छन्। समितिका अध्यक्ष धनबहादुर साउदले गठन प्रक्रिया नक्कली भएको स्वीकार गरि सकेका छन्। ‘समिति गठन गर्दा नक्कली काम भएकै हो’ साउदले भने ‘एकदुई जनासँग मौखिक सल्लाह गर्दा हुन्छ भने, मैले पनि काम अगाडि बढाए, यस्तो होला भनेर थाहा पाएन।’ सबै नक्कली कागजात मिलाएर सहयोग स्थानीय तिर्थ रौतेडाले गरिदिएको अध्यक्ष साउदले बताए। अब भने सबैको सल्लाहमा मात्रै बाँकी काम अगाडि बढाउने उनले बताए।

उता वडा अध्यक्ष रामबहादुर बोहराले भने त्यसमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन्। ‘सडकको समितिको माइन्युटलाई ल्याएर यो समितिमा उपस्थिति जनाएका रहेछन्’ अध्यक्ष बोहराले भने, ‘नमिल्ने काम भएको छ, नक्कली प्रक्रियाबाट उपभोक्ता समिति गठन भएको छ, हामीहरु छानबिन गरेर अगाडि बढ्छौं।’ अहिले काम रोकिएको र पेस्की अनुसारको काम भए नभएको हेरेर यदि भएको छैन् भने समितिबाट असुल उपर गर्ने समेत अध्यक्ष बोहराले बताए। यदि समिति नक्कली बनाएर पेस्की लिएका हुन भने छानबिन गर्छौ, काम समेत रोक्छौं आदर्श गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले बताए। उनले आफुलाई अहिलेसम्म सो सम्बन्धमा कुनै जानकारी नआएको बताए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.