सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली चल्दा डेढ दर्जन घाइते

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली चल्दा डेढ दर्जन घाइते

मलंगवा : सर्लाहीको धनकौल गाउँपालिका–३, मा आइतबार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चलेको छ। गोलीको छर्रा लागेर १८ जना भन्दा बढी घाइते भएका छन्। 

असार ७ गते हत्या गरिएका रामजल रायको हत्यारालाई कारबाही गर्नुपर्ने र क्षतिपुर्तीको माग गर्दै नेकपा कार्यकर्ता मसाल जुलुश निकालेको समयमा दुबैपक्षबीच झडप भएको हो। उनीहरुको अहिले सर्लाही अस्पताल मलंगवामा उपचार भइरहेको छ। धनकौल बजारमा जुलुश निकालेका समयमा कांग्रेसका कार्यकर्ताले हतियारसहित आफुमाथि आक्रमण गरिएको घाइतेहरुले बताएका छन्। कांग्रेसका कार्यकता आफुमाथि नेकपाको कार्यकर्ताले आएर अचानक आक्रमण गरेको आरोप लगाएका छन्।  

घाइते हुनेमा धनकौल २ रणधीर रंजन बर्मा, बैधनाथ सहनी र लक्ष्मण साह (वडा सदस्य) रहेका छन्। उनीहरुको टाउको, हात, खुट्टा र गर्दनमा चोट लागेको छ। त्यसैगरी छर्रा लागेर घाइते हुनेहरुमा धनकौल ३ हरकठवाका रामचन्द्र हजारी नागेश्वर सहनी, महबुब अन्सारी, राकेश कुमार सिंह, रामविनय हजारी, बिलास राय, विजय साह, अरविन्द सिंह, सुनिल महतो, विजय साह, शेख इन्ताज, सुनिल साह, नितेश सिंह, संजित यादव र अरुण यादव रहेका छन्। 

कांग्रेसका रणधीर रंजन बर्माले आफू बजारबाट तरकारी लिएर घर अगाडि बसिरहेको अवस्थामा अचनाक ४०/५० जनाको समूहमा आएका नेकपा कार्यकर्ताले कुटपिट गरेको बताएका छन्। उनले भने, 'बाँसको भाटाले आफूलाई उनीहरुले प्रहार गरेको थियो। टाउको, हात, खुट्टा र गर्दनमा चोट लागेको छ।'
नेकपाका विजय सिंहले आफूहरु मसाल जुलुश निकालेको समयमा ढुङ्गा मुढा गर्दै कांग्रेसका कार्यकर्ताले गोली चलाएको आरोप लगाएका छन्। उनले भने, 'आफूहरु मसाल जुलुश गर्दै थियो। कांग्रेसीहरु अचानक गोली बर्साउन थाले। सबैजनालाई गोलीको छर्रा लागेको छ। केहीको टाउको समेत फुटेको छ। दुई दर्जन भन्दा बढी गोली प्रहार भएको हो। हामी त्याहाँबाट नभागेको धेरैजना हातहात पनि हुन्थ्यो।' 

दुई पक्षबीच झडप हुदाँ करिब १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिए। 'सबैको उपचार अहिले सर्लाही अस्पताल मलंगवामा भइरहेको छ। अवस्था समान्य छ। दुबैपक्षबीच झडप हुदाँ गोली चलेको हो।' उनले भने, 'कताबाट कसले गोली प्रहार गरेको हो त्यसबारे अनुसन्धान भइरहेको छ। एकजनालाई नियन्त्रणमा लिएका छौं।'  झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो। स्थिति अहिले सामान्य छ। दुईजना प्रहरी जवानसमेत समान्य घाइते भएका छन्।  धनकौल गाउँपालिकामा यो भन्दा अगाडि पनि झडप भएको थियो। चिनी मिलको विषयलाई लिएर दुई पक्षबीच झडप भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.