डडेल्धुरामा भित्रियो सलह
डडेल्धुरा : खेतीबालीका लागि खतरनाक मानिएको सलह किरा डडेल्धुरामा पनि भित्रिएको छ । जिल्लाको परशुराम नगरपालिका–४, कटालमा सलह देखिएको जनाएको छ ।
किसानहरूले धेरै मात्रामा अनौठो फट्याङ्ग्रा आएको खबर दिएपछि स्थलगत अनुगमनमा जाँदा आफूले थोरै मात्रामा सलह देखेको परशुराम नगरपालिका कृषि शाखाका प्राविधिक सहायक कालुसिंह बोहराले जानकारी दिए ।
किसानले खबर गरेपछि आफूहरू अनुगमनमा गएको र सोही क्रममा धान र मकैको खेतमा सलह देखेको उनको भनाइ छ। ठूलो बथानबाट ती कीरा छुट्टिएर आएको हुन सक्ने प्राविधिकले अनुमान गरेका छन् ।
सलह भारतबाट आएको अनुमान गरिएको छ । बालीमा खासै नोक्सान नगरेको भए तापनि आफूहरूले कृषकलाई ठूलो आवाज गरेर सलह भगाउने सल्लाह दिएको प्राविधिकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !