बारामा चट्याङ लागेर दुई जनाको मृत्यु, पाँच घाइते

बारामा चट्याङ लागेर दुई जनाको मृत्यु, पाँच घाइते

वीरगन्ज : बारामा बिहीबार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्। बिहान परेको पानीसँगै खसेको चट्याङले लागेर फेटा गाउँपालिका १ त्रिवेणी गाउँका ३० वर्षिया  ईन्दु देवी र ४० वर्षिया सुनरपती देवीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए। 
 
मृतक दुवै जना महिला बिहान ७ बजे धान रोपाइँका लागि खेततिर गएको बेला चट्याङले लागेर मृत्यु भएको हो। उनीहरुसँगै खेतमा गएका ५ जना पुरुष पनि घाइते भएको प्रहरी निरीक्षक यादवले बताए। 

घाइतेहरु नाम अहिले सम्म खुलेको छैन। उनीहरूलाई उपचारको लागि वीरगन्ज अस्पताल पठाइएको उनले बताए। घाइतेमध्येका एकजनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक यादवले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.