बारामा चट्याङ लागेर चार जनाको मृत्यु, सात घाइते (अपडेट)
वीरगन्ज : बारामा बिहीबार बिहान चट्याङले लागेर चार जनाको मृत्यु भएको छ भने सात जना महिला घाइते भएका छन्। धान रोपाइ गर्न बिहान करिब सात बजेतिर खेतमा गएका बेला चट्याङले लागेर बारा कलैया उपमहानगरपालिका-१२ कि ३५ वर्षीया आशा देवी र ४५ वर्षीया अलिमा खातुनको मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
बिहिबार नै चट्याङले लागेर बाराकै फेंटा गाउँपालिका-१ कि ४० वर्षीया सुनरपती देवी र ३० वर्षीया ईन्दु देवीको मृत्यु भएको थियो।
चट्याङ लागेर फेंटा गाउँपालिका-१ कै बच्वा देवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी गम्भीर घाइते भएको र उपचारका लागी उनीहरूलाई वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ। खेत रोपाइँ गर्ने क्रममा महिलाहरुलाई चट्याङ लागेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए।
प्रतिक्रिया दिनुहोस !