सुदूरपश्चिममा पीसीआर मेसिन जडानमा ढिलाइ

सुदूरपश्चिममा पीसीआर मेसिन जडानमा ढिलाइ

धनगढी : सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा दैनिक २ सय बढी कोरोनाका बिरामी थपिदै गएका छन् । प्रदेशका विभिन्न जिल्लामा संकलित स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पुर्‍याउनुपर्ने बाध्यता छ । केन्द्रका प्रयोगशालामा स्वाब पठाउने गरेपछि रिपोर्ट ढिलो आउँदा क्वारेन्टिनबाट भाग्नेको संख्या बढ्दै गएको छ । प्रदेशको एक मात्र धनगढी प्रयोगशालमा सबैको परीक्षण हुन सकेको छैन् ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार दैनिक हजारभन्दा बढी प्रदेशमा स्वाब संकलन भएपनि सबैको परीक्षण हुन नसकेको हो । धनगढीमा रहेको प्रयोगशालाले दैनिक डेढदेखि २ सयसम्म स्वाब परीक्षण हुने गरेको छ । प्रदेशमा प्रयोगशाला अभावमा क्वारेन्टिनबाट परीक्षणबिन घर पठाउनुपर्ने बाध्यता छ । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना परीक्षणका लागि स्थापना गर्ने भनिएका प्रयोगशाला अझै सञ्चालन हुन सकेको छैन् ।

प्रदेश सरकारले पीसीआर मेसिन र भेन्टिलेटर खरिदका लागि साढे चार करोड रुपौयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले पीसीआर मेसिन र भेन्टिलेटर खरिद गर्ने जिम्मा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयलाई दिएको छ । 

प्रदेश सरकारले लकडाउन सुरु भएसँगै चैत दोस्रो सातमा नै पीसीआर मेसिन र भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको थियो । निर्णय गरेको ३ महिनामा पनि पीसीआर मेसिन सञ्चालन गर्न सकेको छैन् ।

स्वास्थ्य निर्देशानालय डोटीका निर्देशक डा. गुणराज अवस्थीले पीसीआर मेसिन असार मसान्तभित्र सञ्चालनमा आउने दावी गरेका छन् । 'पीसीआर मेसिनका लागि ठेक्का भएर सामग्री आपूर्ति सुरु भइसकेको छ,' उनले भने, 'प्रयोगशाला सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तयार भएमा असारभित्र सञ्चालनमा आउने छन् ।'

प्रदेशमा ३ वटा पीसीआर मेसिन थपिने भएका हुन् । डोटी, कैलाली र बैतडीमा पीसीआर मेसिन थपिने भएका हुन् । अहिले धनगढीमा सञ्चालमा रहेको पीसीआर मेसिन न्यून क्षमता भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

अब सञ्चालमा आउने पीसीआर मेसिन अटोमेटिक एक्सट्रेक्सन मेसिन रहेकोले एकै पटक ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्ने स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीको स्वास्थ्य अधिकृत सिद्धराज भट्टले बताए ।

प्रदेशमा नयाँ सञ्चालनमा आउने पीसीआर मेसिनले यहाँको कोरोना परीक्षणले सहज हुने उनको भनाइ छ । 'अब सञ्चालन आउने पीसीआर मेसिन अटोमेटिक हुने भएकाले अहिलको भन्दा दुई गुण बढी स्वाब परीक्षण गर्न सकिनेछ,' उनले भने ।

भेन्टिलेटर खरिद अनिश्चित

प्रदेश सरकारले चैतमा भेन्टिलेटर खरिद गर्ने निर्णय भएको भए पनि अझै कहिले खरिद हुने अनिश्चित छ । स्वास्थ्य निर्देशनालयले भेन्टिलेटर खरिदका लागि टेण्डर गरी मुल्यांकनका क्रममा रहेको बताए पनि विश्वमै अभाव रहेको भन्दै अझै महिनौ लाग्ने बताएका छ । 

'२० वटा भेन्टिलेटर खरिदका लागि निर्देशनालयले प्रक्रिया अगाडि बढाएको हो, अन्र्तराष्ट्रिय बजारमा अत्याधिक मागका कारण भेन्टिलेटर मौज्दात नरहेको र कम्पनीको अर्डरपछि मात्र उत्पादन हुने देखिएको छ,' स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, 'त्यसकारण दुई महिना अगाडि खरिद हुने सम्भावना कम देखिएको छ ।'

सुदूरपश्चिममा हाल भेन्टिलेटर ६ वटा सेती प्रादेशिक अस्पतालमा र २ वटा महामाकाली अस्पातल कञ्चनपुरमा रहेका छन् । निर्देशक अवस्थीका अनुसार सुदूरपश्चिममा कोभिड-१९ का लागि मात्र भेन्टिलेटर अभाव नभएर अन्य समयमा पनि रहेको थियो । 

सर्पको टोकाइबाट कयौँको उपचार नै नपायर मृत्यु भइरहेकाले प्रदेशका हरेक स्वास्थ्य चौकीमा भेन्टिलेटर आवश्यक भएको अवस्थीले बताए । 'शरीरका केही अंगमा खराबी भएपछि सपोर्ट सिस्टम वा भेन्टिलेटरको आवश्यकता पर्छ,'  निर्देशक अवस्थीले भने , 'फोक्सोः निमोनिया, ड्रगको ओभरडोज, रगत जम्दा, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज, सिस्टिक फाइब्रोसिस, फोक्सोमा समस्या, स्नायू रोगका कारण फोक्सोमा गम्भीर क्षति हुँदाको स्थितीमा भेन्टिलेटरको आवश्यकता पर्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.