पोखरामा प्रधानमन्त्रीको समर्थनमा युवाको प्रदर्शन

पोखरामा प्रधानमन्त्रीको समर्थनमा युवाको प्रदर्शन

पोखरा : आन्तरिक विवाद चरमोत्कर्षमा पुगिरहेको अवस्थामा पोखरामा नेकपाकै युवाहरु प्रधानमन्त्री फेर्ने र अस्थिरता निम्त्याउने काम नगर्न पार्टी नेतृत्वलाई सचेत गराउँदै प्रदर्शनमा उत्रेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि सत्तारुढ नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको बेलामा पोखरामा युवाले प्रदर्शन गरेका हुन्। 

पोखरामा शुक्रबार बिहानैदेखि पानी परिरहेको बेलामा छाता ओडेर र रेनकोट लगाएर सत्तारुढ दल नेकपाकै युवाहरु मानवअधिकार चोकमा भेला भएर प्रदर्शन गरे। भारतले गरेको नेपाली भूमी अतिक्रमणविरुद्ध चुनौती दिएर उभिएका प्रधानमन्त्रीलाई साथ दिन र पार्टी एक ढिक्का भएर अघि बढ्नु पर्ने बेलामा पार्टी नै फुटाउने गरि चलखेल भएकोले प्रदर्शनमा उत्रनु परेको प्रदर्शनमा सहभागी अपेक्षा अधिकारीले बताइन् । 

राष्ट्रियतामा अडान लिएर र विकास निर्माणमा अघि बढेको सरकारलाई हटाउने चलखेल भएकोले अस्थिरता निम्त्याउने कार्यकाविरुद्धमा सडकमा उत्रेको अर्को सहभागी विष्णु सुवेदीले सुनाइन्। पार्टी नै विभाजन हुने गरी केन्द्रमा नेताहरु विभाजित हुन थालेकोले पार्टी एक जुट भएर अघि बढ्न सन्देश दिन सडकमा आएको अर्का सहभागी शिवप्रसाद अधिकारीले बताए। कार्यक्रममा सहभागीले विभिन्न नारा लेखिएको व्यानर लिएका थिए । 


 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.