गुरुपूर्णिमा र गुरु
गुरुपूर्णिमा र गुरु। यी दुई शब्द अन्तरसम्बन्धित छन्। गुरुको वास्तविक अर्थ अन्धकारबाट प्रकाशतर्फ लैजानु हो। अन्धकारबाट प्रकाशतर्फ लैजाने भएरै गुरु भनिएको हो। जुन गुरु शिष्यमा रहेको अज्ञानरूपी अन्धकार नाश गर्छन् र त्यस ठाउँमा अमृत वचन र ज्ञानद्वारा प्रकाश प्रज्ज्वलित गरी उसलाई उज्यालो मार्गमा डो¥याउँछन्, उनै सच्चा गुरु हुन्।
श्वेटा श्वेतरीपनिषद्का अनुसार ब्रह्माजीले सृष्टिको आरम्भमा भगवान् विष्णुबाट वेद विद्या प्राप्त गरेका थिए। भगवान्लाई गुरुत्तम गुरु मान्नुपर्छ। यस्ता सद्गुरु भगवान् श्रीकृष्णलाई बारम्बार कृष्णं वादे जगद्गुरु भनी प्रणाम गर्नुपर्छ। त्यसरी नै शिष्यहरूले आफूलाई मात्र सुनाउने वेदशास्त्र पढाइने, असल शिक्षादीक्षा दिने गुरुलााई दिनदिनै त्रिदेव ब्रह्मा, विष्णु, महेश्वरका रूपमा स्मरण गरेर प्रणाम गर्नुपर्छ। त्यसैले गुरुब्र्रह्मा, गुरुर्विष्णु, गुरुर्देवो, महेश्वर, गुरुः साक्षात् परम्ब्रह्मः तस्मै श्री गुरुवे नमः भनिएको हो।
संसारमा गुरुको स्थान सर्वोपरि छ। सनातन वैदिक युगमा गुरुकुलको व्यवस्था थियो। त्यस समयमा राजा–महाराजाका छोरहरूलाई पनि गुुरुकुलमा पढाएर शिक्षादीक्षा आर्जन गराइन्थ्यो। रामायण तथा महाभारतकालमा पनि राजा दशरथका छोराहरू श्रीराम, भरत, लक्ष्मण र शत्रुधन अनि वासुदेव र देवकीका छोरा श्रीकृष्ण र गरिब ब्राह्मण सुुदामाले पनि गुरुकुलमा बसेर शास्त्र र शस्त्रज्ञान आर्जन गरेका थिए।
मनुष्यका गुरु विजक भएजस्तै उसबेलामा देवता र दानवका पनि गुरु थिए। जस्तै– गुरु वृहस्पति, गुरु शुक्राचार्य। राजा दशरथका चार छोराका कुलगुरु वशिष्ठ हुन्। राम र लक्ष्मणका विभिन्न विद्याका गुरु विश्वामित्र हुन्। लवकुशका धनुर्विद्यालगायत अन्य विद्याका गुरु वाल्मीकि हुन्। कृष्णका गुरु सन्दिपनी हुन्। महाभारतका भीष्म र द्रोणका गुरु पर्शुराम हुन् भने उनीहरूका कुलगुरु कृपाचार्य हुन्। पशुपतिनाथका गुरु दत्तात्रेय हुन्।
पछिल्लो समयमा पश्चिमा प्रभावका कारण शिक्षा परम्परा फेरिएको छ। साथै गुरु–शिष्यबीचको निकटता पनि त्यति देखिँदैन। पूर्वीय शिक्षा परम्परामा भने गुरु–शिष्यबीचको निकटता उस्तै रहेको देखिन्छ।
व्यास ऋषिले सामवेद, यजुर्वेद र अथर्ववेद नामक चार वेद र पुराण लेखेर लोककल्याणका कार्य गरेका थिए। वेद लेखेकाले नै व्यास ऋषिको नाम वेदव्यास हुन गएको होे। आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमाका दिन परम् गुरु वेदव्यासको जन्म भएको हो। वेदव्यास गुरुका पनि गुरु हुन्। वेदव्यासले धेरै ऋषिमुनिलाई शिक्षा दिएर परम् गुरु बनाएका छन्। वेदव्यासबाटै ज्ञान लिएका जति पनि ऋषिहरू थिए, उनीहरू सबै कहलिएका गुरु भएर गुरुकुल सञ्चालन गरिरहेका थिए। गुरुपूर्णिमालाई व्यासपूजाको पर्वका रूपमा पनि मान्ने गरिन्छ। त्यसैले यो दिन गुरुप्रति श्रद्धाभाव राखेर परम्गुरु वेदव्यासलाई हार्दिकपूर्वक सम्झने गरिन्छ।
ज्ञान प्राप्त नभई मोक्ष प्राप्त हुँदैन। ज्ञान प्राप्त गर्ने क्रममा विभिन्न धर्म गुरुहरूबाट धर्म देशना सुन्न र ज्ञान प्राप्त गर्ने चलन छ। जति पनि धार्मिक सम्प्रदाय र गुरुहरू छन्, सबैको मूल उद्देश्य नै अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी उज्यालो मार्गमा पठाउनु हो।
श्रीराम चरित मानसमा एउटा प्रसंग छ। महर्षि मेहींले भनेका छन्, ‘गुरुको चरणकमलको धुलोले आफ्नो मनरूपी ऐना सफा गरेर भगवान् श्रीरामको पवित्र कीर्तिको जसले वर्णन गर्छ, उसलाई भगवान् श्रीरामले चार पुरुषार्थ अर्थात् धर्म, अर्थ, काम र मोक्ष दिनु हुन्छ।’ मानिसहरू जुन विषयको चिन्तन गर्छन्, उनीहरूको मन उही विषयमा प्रवृत्त हुन्छन्। जस्तो मनले गुरुको चिन्तन गर्छ अर्थात् कस्तो रूपको ध्यान गर्छ, उसलाई उही किसिमको गुरुको आकृति देखा पर्ने गर्छ। पछिल्लो समयमा पश्चिमा प्रभावका कारण शिक्षा परम्परा फेरिएको छ। साथै गुरु–शिष्यबीचको निकटता पनि त्यति देखिँदैन। पूर्वीय शिक्षा परम्परामा भने गुरु–शिष्यबीचको निकटता उस्तै रहेको देखिन्छ।
प्रतिक्रिया दिनुहोस !