प्रतिपक्षी दलको विरोधका बीच सुदूरपश्चिम प्रदेशसभा बैठक सुचारु

प्रतिपक्षी दलको विरोधका बीच सुदूरपश्चिम प्रदेशसभा बैठक सुचारु

धनगढी :  प्रतिपक्षी दलहरुको अवरोधकै बीच सुदूरपश्चिम प्रदेश सभाको बैठक सुचारु भएको छ । आइतबार बिहान ८ बजे बोलाएको प्रदेश सभा बैठक सुरु हुनासाथ प्रतिपक्ष दल नेपाली काँग्रेस र जनता समाज पार्टीले अवरोध गरेका थिए । 

प्रतिपक्ष दलहरुले लगातार नाराबाजी गरेपनि नाराबाजीकै बीच सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभाको बैठक अगाडि बढाएका हुन् । बैठक सुचारु भएसँगै प्रदेश सरकारले असार १ गते ल्याएको अगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रस्ताव २० दिनपछि प्रदेशसभामा टेबुल भएको छ ।

सभामुख अर्जुनबहादुर थापाले अर्थमन्त्री झपटबहादुर बोहरालाई आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि सभामा छलफल गरी पारित गरिपाउ भन्ने प्रस्ताव टेबुल गर्न अनुमती दिए । प्रतिपक्षी दलले सरकार विरुद्ध नाराबाजी गरिरहेकै बेला अर्थमन्त्री बोहराले छलफल प्रस्ताव सभामा टेबुल गरेका थिए ।

प्रतिपक्षी दलले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अवरोध सिर्जना गर्दै आएको छ । प्रदेश सभाको बैठक बिहीबार पाँचौ पटक स्थगित गरिएको थियो । प्रतिपक्षी दलहरुको अवरोधका कारण सुदूरपश्चिम प्रदेश सभा बैठक लगातार स्थगित हुँदै आएपनि अहिलेसम्म निकास निस्किन सकेको छैन । 

आइतबार बिहान पनि सत्ता पक्ष र प्रतिपक्षबीच छलफल भएपनि सहमती हुन नसकेको प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले बताए  ।  उनले भने, 'कारोना नियन्त्रण र भ्रष्टाचार जस्तो विषयमा सत्तापक्षले उदारो सहमति गर्न खोज्यो तर हामीले मानेनौ ।' प्रतिपक्ष दलहरुले पत्रकार सम्मेलन गदैँ प्रदेश सरकार जनताका समस्यामा गम्भीर नभएको आरोप लगाएका छन्।'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीले सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाममा प्रभावकारी रुपमा काम नगरेको भन्दै विरोध गरिरहेका छन् । 

प्रतिपक्षी दलहरूले तत्काल 'कोरोनाको पीसीआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टिनमा बसेकालाई कोरोना परीक्षण नै नगरी घर पठाउने काम रोक्नुपर्ने, क्वारेन्टिन तथा आइसोलेसनको उचित व्यवस्थापन तथा कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी पहल गर्नुपर्ने,' माग गर्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.