पुल तर्न शुल्क

पुल तर्न शुल्क

धनगढी : कैलाली र कञ्चनपुर जोड्ने मोहना-राजघाट पुलको ६ बर्षदेखि निर्माण कार्य अधुरो छ। यस पुलको तीन पटकसम्म म्याद थप भए पनि अझै अधुरै छ। पुल निर्माणका लागि २०७१ मा चन्द्रशेखर मल्लको निर्माण कम्पनी एलाइट एडभेञ्चर जेभीसँग ८ करोड ४२ लाखमा ठेक्का सम्झौता भएको थियो। तर, निर्धारित समयमा पुल सम्पन्न हुँदा स्थानीयबासीलाई समस्या भएको छ। ‘पुल नहुँदा जोखिम मोलेर नदी पार गर्नु परेको छ,’ कृष्णपुर नपरपालिका-७ का भागीराम राना भन्छन्, ‘पुल बन्ने आसैआसमा ६ बर्ष वित्यो।’ कृष्णपुर-९ का प्रदेशु चौधरीका कञ्चनपुरको कृष्णपुरबाट धनगढीमा गाडीमा आउनु परेमा १६ किलोमिटर घुमेर गुलरिया हुँदै अत्तरिया भएर आउनुपर्ने बाध्यता छ।

मोहना-राजघाट पुलले कञ्चनपुरको राजघाट क्षेत्रलाई कैलालीको जिल्ला सदरमुकामसँग जोडेमा किसानको कृषि उपजले बजार पाउनेछ। कञ्चनपुरको पुनर्वास नगरपालिकाकाको उत्तरी क्षेत्र र कृष्णपुर नगरपालिकाको दक्षिणी क्षेत्रका जनताका लागि मोहनाको पुलले सहज हुनेछ।

दुई नगरपालिकाको आधा÷आधा क्षेत्रका जनताको पढाई, कृषि उपजको बजार, अस्पताल र ब्यापारका लागि पनि सबैभन्दा नजिकको केन्द्र धनगढी हो। धनगढी उपमहानगरपालिका-३ को चटकपुरमा कञ्चनपुर जोड्ने उक्त पुल निर्माण भइरहेको हो। डिभिजन सडक कार्यालयले, पुल निर्माणमा ढिलाई हुनुमा निर्माण ब्यवसायीको नै कमजोरी रहेको जनाएको छ। पुलको सिलान्यास तत्कालिन सिँचाई मन्त्री एनपी साउदले गरेको थिए।

कैलाली र कञ्चनपुर जोडने ६ बर्ष देखि अधुरो मोहना-राजघाट पुल। तस्बीर : कैलाश जोशी।

पुल निर्माणको पहिलो सम्झौताको म्याद ०७४ असार ३० सम्म थियो। दोस्रो पटक म्याद थप भएर २०७६ असार ३० सम्म पुर्‍याइयो। अहिले तेस्रो पटक २०७७ पुस २५ सम्मको लागि म्याद थप भएको छ। दोस्र्रो पटक थपिएको म्यादमा काम सम्पन्न नभए कार्वाही गर्ने घुर्की दिने सडक डिभिजन कार्यालयले तेस्रो पटक पनि म्याद थप गरेको छ।

पुल निर्माणको भौतिक प्रगति ८० प्रतिशत भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुनकुमार बमले बताए। उनले भने, ‘अव थप गरेको मितिमा पनि सम्पन्न भएन भने कारबाही प्रक्रिया अघि बढाउने छौँ।’ निर्माण कम्पनीलाई जरिवानासहित कालो सूचीमा राख्ने उनले दावी गरे।

‘कोरोना, लकडाउन र वर्षाले काममा तिब्रता आउन सकेको छैन,’ एलाइट एडभेञ्चर जेभीका इन्जिनियर दिनेश वटालाले भने, ‘थपिएको समयमा काम सम्पन्न गर्छाै।’

नदी तर्न पैसा

कञ्चनपुर कृष्णपुर नगरपालिका-९ घर भएका रामबहादुर महरा अटो चालक हुन्। उनी धनगढी बजारमा अटो रिक्सा चलाउँछन्। उनले कञ्चनपुर र कैलाली सिमामा पर्ने मोहना नदी पार गर्न दैनिक ५० रुपैयाँ अटो रिक्साको मात्र भाडा तिर्नुपर्छ।

‘पुल नहुँदा समस्या छ। निजी लगानीमा स्काई फोल्डिङ पुलमा ५० रुपैयाँ भाडा तिर्नुपर्छ’ उनले भने, ‘अटोमा सवारी ल्याएमा एक व्यक्तिको १० रुपैयाँ बढी तिर्नुपर्दछ।’ यो पुलमा दैनिक दुई सय भन्दा बढी यात्रु ओहोर दोहोर गर्छन्।

कृष्णपुर नगरपालिका-९ राजघाटका जीवन अवस्थी कैलाली बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत छन्। उनले दैनिक ३० रुपैयाँ तिर्नुपर्छ। ‘नदीमा जान सकिदैन। पुल तर्न एक पटकको साइकलसहित १५ रुपैयाँ तिर्नुपर्छ,’ उनले भने। ३० रुपैयाँ नहुँदा कयौँ दिन त उनको क्याम्पस समेत छुटेको छ।

कृष्णपुरका स्थानीय उच्च शिक्षा पढ्न धनगढी पढ्न आउँछन्। ‘ड्रेसमा विद्यालय आएको वेला कुनै दिन छुट दिए पनि ट्यूसन पढ्न आउँदा दैनिक ३० रुपैयाँ तिर्नुपर्ने गरेको छ’ राजघाटकै भिष्म ओझाले भने। स्थानीय ओमप्रकाश चौधरी र विनोदप्रसाद भट्टको संयुक्त लगानीमा ४ बर्ष अघि झण्डै ११ लाखको लगानीमा स्काई फोल्डिङ पुल बनाइएको हो।

उनीहरूले पुलमा एक पटक गएको १० रुपैयाँ उठाउने गरेका छन्। मोटरसाईकल सहित गएमा ३५ देखि ५० रुपैयाँ पैसा लिने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.