यौन दुर्व्यवहारको आरोपमा ३ स्वास्थ्यकर्मी पक्राउ

यौन दुर्व्यवहारको आरोपमा ३ स्वास्थ्यकर्मी पक्राउ

वीरगन्ज : वीरगन्जको विर्ता स्थित अली अर्थो एण्ड ट्रमा हस्पिटलमा उपचारका क्रममा महिला बिरामीसँग दुर्व्यवहार (यौनजन्य) गरेको आरोपमा प्रहरीले ३ पुरुष स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको छ। हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रोशन अलीले संचालन गरेको अली अर्थो एण्ड ट्रमा हस्पिटलमा कार्यरत एहसान हुसैन, सुल्तान मियाँ र सरफुदीन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।  

अस्पतालको आइसियु कक्षमा भर्ना भएकी वीरगन्ज ३१ बेल्वा इस्लामपुरकी २१ वर्षीया महिलासँग उपचारका क्रममा हुसेन र मियाद्वयसहित चार जना स्वास्थ्यकर्मीले यौन दुर्व्यवहार गरेको आरोप छ। हस्पिटलको आइसियु कक्षमा उपचारका क्रममा मङगलबार राति पुरुष स्वास्थ्यकर्मीले बिरामी महिलासँग दुर्व्यवहार गरेको घटना बुधुबार बिहान मात्रै सार्वजनिक भएको हो।

मङगलबार बेलुका भर्ना भएकी महिलाको लुगा फेर्ने बहानामा चार जना पुरुष स्वास्थ्यकर्मीले बिरामी महिलाको संवेदनशील अंग छुनुका साथै चलाएको आरोप पीडित महिलाका आफन्तको छ। बिरामी महिलालाई मङगलबार राती खाना खुवाउन जाँदा आफूहरुलाई आइसियु कक्षमा प्रवेश गर्न पनि नदिएको आफन्तले बताए।  

बुधबार बिहान बिरामीलाई भेट्न आइसियु कक्षमा जाँदा आफ्नी आमासँग पीडित महिलाले विलौना गर्दै आफूसँग स्वास्थ्यकर्मीले गलत व्यवहार गरेकाले तुरुन्तै अस्पतालबाट निकालेर घर लैजान बताएपछि मात्रै यो घटना बाहिर आएको हो। बिरामी महिलाले आफूसँग भएको व्यवहारबारे आफन्तलाई बताएपछि बुधबार बिहान महिलाका आफन्तले दोषीलाई पक्राउ गरी कारवाहीको लागि प्रहरीमा खबर गरेका थिए।

त्यसपछि वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक निर्मल पनेरुसहितको प्रहरी टोलीले अस्पतालको आइसियु कक्षमै पुगेर पीडित महिलासँग सोधपुछ गरी आरोपित मध्येका ३ स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको हो। तीनै जनालाई वडा प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पनेरुले बताए। 

बाँकी आरोपितलाई पनि तत्कालै प्रहरीमा उपस्थित गराउन अस्पताल प्रशासनलाई निर्देशन दिइएको पनेरुले जानकारी दिए। अस्पतालका सन्चालक डाक्टर रोशन अलीले आइसियु कक्षमा रहेकी बिरामी महिलाको स्वास्थ्य परीक्षणका लागि छातीमा ट्युब लगाउने काम मात्रै गरिएको तर कुनै प्रकारको दुर्व्यवहार भने नभएको बताए। बिरामी महिलाले लगाएको आरोपका बारेमा प्रहरीले अनुसन्धान गरिरहेकोले यस विषयमा अहिले नै आफूले केहि बोल्न नसक्ने उनले बताए। 
'प्रहरीले अनुसन्धान गरिरहेको छ', उनले भने,‘यदि अनुसन्धानमा दोषि देखिन्छन् भने उनीहरूलाई कारवाही हुनैपर्छ। अनुसन्धनामा अस्पतालले प्रहरीलाई सहयोग गर्छ।' 

तर बिरामी महिलाका आफन्तले भने उपचारका क्रममा बिरामी महिलाको कुनै प्रकारको चेकजाँच गर्दा महिला चिकित्सक वा महिला स्वास्थ्यकर्मीले मात्र गर्न पर्ने, महिला स्वास्थ्यकर्मी नभएको अवस्थामा आफन्तको उपस्थितमा मात्रै पुरुष चिकित्सक वा स्वास्थ्यकर्मीले परीक्षण गर्नुपर्ने नियम रहेको बताएका छन्। 

महिलाको उपचारमा खटिएका स्वास्थ्यकर्मीको नियत ठिक नभएको कारण नै ती महिलासँग स्वास्थ्यकर्मीले दुर्व्यवहार गरेको आरोप उनीहरुको  छ। १० दिन पहिले  वीरगन्जकै एक निजी अस्पतालमा जुम्लयाहा बच्चालाई जन्म दिएकी ती महिलाको स्वस्थ्यमा समस्या आएपछि चिकित्सककै सल्लाहमा उनलाई मङगलबार बेलुकी अली अर्थो एण्ड ट्रमा हस्पिटलको आइसियु कक्षमा भर्ना गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.