पाकिस्तानमा मन्दिर निर्माणमा रोक लगाएको विरोधमा वीरगन्जमा प्रदर्शन

पाकिस्तानमा मन्दिर निर्माणमा रोक लगाएको विरोधमा वीरगन्जमा प्रदर्शन

वीरगन्ज : पाकिस्तानका प्रधानमन्त्री इमरान खानको विरोधमा नेपाल विश्व हिन्दु महासंघले शनिबार वीरगन्जमा प्रदर्शन गरेको छ। पाकिस्तानको इस्लामावादमा पहिलो ऐतिहासिक मन्दिर निर्माणमा त्यहाँको अदालतले रोक लगाएको भन्दै त्यसैको विरोधमा शनिबार वीरगन्जमा नेपाल विश्व हिन्दु महासंघले प्रदर्शन गरेको हो। 

प्रदर्शनमा सहभागी हिन्दु धर्म समर्थकले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको विरोधमा नाराबाजी गर्दै उनको पुत्ला पनि जलाएका थिए। त्यसअघि वीरगन्जको श्रीपुरबाट विश्व हिन्दु महासंघ पर्साले निकालेको विरोध जुलुश नगर परिक्रमा गर्दै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्ने हिन्दु धर्मका अगुवाले पाकिस्तानका प्रधानमन्त्री खान आफैँले आदेश दिएपछि इस्लामावादमा मन्दिर निर्माणको काम थालिएको तर पछि त्यहाँको राजनीतिक दवाबमा मन्दिर निर्माणमा रोक लगाएर हिन्दु धर्मावलम्बीमाथि अन्याय गरेको बताए। 

नेपालका प्रधानमन्त्रीले पाकिस्तानी प्रधानमन्त्रीसँग कुटनीतिक सम्वाद गरेर मन्दिर निर्माणको काम सुचारु नगराए नेपालकै प्रधानमन्त्रीको पनि पुत्ला जलाउन आफूहरु बाध्य हुने चेतावनी उनीहरुले दिए। कोणसभालाई सम्बोधन गर्दै नेपाल विश्व हिन्दु महासंघ राष्ट्रिय उपाध्यक्ष विजय प्रकाश बिनले ८४ प्रतिशत हिन्दु  रहेको नेपालमा राष्ट्रिय मुस्लिम आयोग जस्तै राष्ट्रिय हिन्दु आयोग पनि सरकारले गठन गर्नु पर्ने माग गरे। 'यदि राष्ट्रिय हिन्दु आयोग सरकारले गठन गर्दैन भने मुस्लिम आयोग पनि खारेज हुनुपर्छ', उनले भने,‘नेपालको पहिचान हिन्दु राष्ट्र नै हो, यो कायम गर्नुपर्छ। अन्यथा हिन्दु राष्ट्रका लागि नेपालका हिन्दु एकजुट भएर सडकमा उत्रिन्छन्।'

नेपाल विश्व हिन्दु महासंघ राष्ट्रिय सचिव अभिषेक तिवारीले पाकिस्तानमा हिन्दुमाथि भइरहेको ज्यादतीको नेपालका मुस्लिम समुदायले पनि विरोध जनाउनु पर्ने आग्रह गरे। नेपालमा पनि हिन्दु धर्म र हिन्दु धर्मावलम्बीमाथि धावा बोल्ने काम भइरहेको भन्दै तिवारीले विदेशी डलरको प्रभावमा परेर नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएको आरोप लगाए। उनले भने,‘क्रिश्चियन हावी हुँदै गइरहेका छन्। यदि सरकारले बेलैमा सोचेन भने देशभरिका हिन्दु आफ्नो धर्म र धार्मिक पहिचान जोगाउनका लागि सडकमा आउन तयार छन्।'  

नेपाल विश्व हिन्दु महासंघ  पर्साका उपाध्यक्ष राम अयोध्या महत्तोको अध्यक्षतामा भएको विरोध प्रदर्शनमा नगर अध्यक्ष अनुराग झाको पनि सहभागिता थियो।   
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.