एसएसबीको दबाबमा हट्यो बोर्ड

एसएसबीको दबाबमा हट्यो बोर्ड

वीरगन्ज : भारतीय सीमा सुरक्षा बल (एसएसबी)को दबाबमा नेपाल- भारत सीमाको दशगजा क्षेत्रमा राखिएको साइनबोर्ड हटाइएको छ। वीरगन्जको रक्सौल नाकास्थित दशगजामा रहेको मितेरी पुलबाट बोर्ड झिकिएको हो।

गत साता सो क्षेत्रमा पर्सा प्रहरीले ‘नेपाल सरकार, जिल्ला प्रहरी कार्यालय पर्सा-वीरगन्ज सीमा क्षेत्र प्रारम्भ’ लेखिएको बोर्ड राखेको थियो। दशगजाको नेपाली भूमिमै राखे पनि एसएसबी र भारतीय युवाले बोर्ड हटाउन दबाब दिएका थिए। साइनबोर्ड राख्ने र हटाउने विषयमा मंगलबार नेपाल प्रहरी, सशस्त्र र एसएसबी बीच केही बेर भनाभन समेत भएको थियो। बोर्डमा पर्सा प्रहरी प्रमुखको मोबाइल नम्बर पनि लेखिएको थियो। पर्सा प्रहरी प्रमुख (एसपी) गंगा पन्तले दशगजामा रहेको मितेरी पुलमा पहिले देखि नै भन्सारको बोर्ड रहेकाले जिल्ला प्रहरी कार्यालयको बोर्ड हटाइएको बताइन्।

वीरगन्ज-रक्सौल नाकामा दुई देशको पारवाहनका लागि भारतले निर्माण गरेको ६ सय मिटर लम्बाइको मितेरी पुलको आधा भाग नेपालमा र आधा भाग भारतमा पर्छ। नेपाल प्रहरीले बोर्ड राखेको स्थान भारतीय भूमिको दशगजा क्षेत्र भएको भन्दै हटाउन दबाब दिएको बताइएको छ। एसएसबीसँगै मितेरी पुलमा आएका भारतीय नागरिकले उक्त पुल भारत सरकारको लगानीमा बनेको र त्यहाँ नेपाल प्रहरीले आफ्नो बोर्ड राख्न नहुने बताए। एसएसबीले उक्त बोर्ड हटाउनै पर्ने अडान लिएपछि प्रहरी चौकी इनर्वाका इन्चार्ज प्रहरी नायव निरीक्षक बैद्यनाथ दासले हटाए।

एपी पन्तले भनिन्, ‘वीरगन्ज भन्सारको बोर्ड पहिले देखिनै त्यहा थियो, अर्को बोर्ड राख्न आवश्यक नभएकाले हटाइएको हो।’ सीमामा रहेका नेपाली सुरक्षाकर्मीबाट ‘मिस अण्डरस्टान्डिङ’ भएपछि पुलमा बोर्ड राख्ने काम भएको उनको भनाइ छ। त्यो खबर थाहा पाउने वित्तिकै आफूले हटाउन निर्देशन दिएको पन्तले बताइन्। पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले सो विषयमा आफूलाई कुनै जानकारी नभएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.