पाल्पा–बुटवल सडक फेरि अवरुद्ध

पाल्पा–बुटवल सडक फेरि अवरुद्ध

तानसेन : ३ दिन अवरुद्ध भई एक दिन मात्र सञ्चालनमा आएको पाल्पा–बुटवल सडक पुन पहिरोका कारण अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण पाल्पा–बुटवल सडक खण्डको गौडेपुलमा पुन पहिरो झरेपपछि सडक अवरुद्ध भएको हो ।

तानसेन नगरपालिका–८ गौडेपुल र तिनाउँ गाउँपालिकाको–५ मस्याम कालीमाटी क्षेत्रमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिएका छन् । 

 पहिरो पन्छाउन डिभिजन सडक कार्यालयबाट डोजर पठाउनका लागि समन्वय भइरकेको पाल्पा प्रहरीले जनाएको छ ।  यसअघि पाल्पा–बुटवल सडक खण्डको दोभान क्षेत्रमा पहिरो खस्दा ३ दिनसम्म राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.