पर्वतमा क्वारेन्टाइनभित्रै बिरामीको मृत्यु, कोरोना परीक्षणको रिपोर्टपछि दाहसंस्कार गरिने

पर्वतमा क्वारेन्टाइनभित्रै बिरामीको मृत्यु, कोरोना परीक्षणको रिपोर्टपछि दाहसंस्कार गरिने

कुश्मा : दक्षिण पर्वतको पैयुँ गाउँपालिकास्थित सामुदायिक क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।

पीसीआर रिपोर्ट नेगेटिभ आएपछि गाउँको क्वारेन्टाइनमा पठाइएका ५२ वर्षीय  यामबहादुर भारतीको मृत्यु भएको हो । पैयुँ गाउँपालिका–६ का भारतीको शुक्रबार राति गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार राति उनलाई अस्पताल पु¥याइएको थियो । उनलाई राति नै चिकित्सकले मृत घोषणा गरेका थिए ।

स्वास्थ्य कार्यालयका प्रमुख डा. भोजराज गौतमका अनुसार असार पहिलो साता भारतबाट फर्किएका उनको असार २३ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना रोकथाम जिल्लास्तरीय कमाण्ड पोष्टको निर्णयअनुसार रिपोर्ट नेगेटिभ आएकोले उनलाई दुई साताका लागि पैयुँ–४ स्थित जनसेवा संस्कृत माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्नेगरी पठाइएको थियो । २४ गते उक्त क्वारेन्टाइनमा पठाइएका उनको बसाइ आइतबार सकिँदै थियो ।

तर क्वारेन्टाइनमा बसेको बेला मृत्यु भएका उनी उच्च रक्तचापको बिरामी भएको पाइएको छ । मृतक भारती पहिलेदेखिनै उच्च रक्तचापको बिरामी भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले बताए ।

‘नियमित औषधि सेवन समेत नगरेको देखिएका कारण उच्च रक्तचापले गर्दा हृदयघात भएको हुन सक्छ,’ डा. देवकोटाले भने । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएपछि उनलाई मृत घोषित गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विश्वराज अधिकारीले जानकारी दिए । मृतक भारती भारतबाट असार १६ गते कुस्मा आएका थिए र पुलिङ क्वारेन्टाइनमा बसेका थिए । कोरोना रिपोर्ट परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र गाउँ पठाइएको थियो ।

कोरोनाको लक्षण नदेखिएको भए पनि उनको दाहसंस्कारमा सहज बनाउन स्वाबको नमुना लिइएको डा. गौतमले बताए । ‘क्वारेन्टाइनमै रहेको हुँदा एक पटक स्वाब लिएर रिपोर्ट आएपछि मात्रै दाहसंस्कार गर्न सल्लाह दिएका छौँ,’ गौतमले भने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.