नाबालक हत्या प्रकरण : थप सातजना पक्राउ
डडेल्धुरा : खानेपानीको विषयमा विवाद हुँदा बालकको हत्याको अभियोगमा प्रहरीले थप ७ जना अभियुक्तलाई पक्राउ गरेको छ। डडेल्धुराको आलिताल गाउँपालिका- ६ मा भएको उक्त घटनापछि प्रहरीले चार जनालाई पक्राउ गरेको थियो।
शनिबार नाबालक हत्याका अभियोगमा आलिताल गाउँपालिका –६ का १९ वर्षीय लाले भन्ने लालबहादुर खड्का, ४८ वर्षीय पम्फा ओली, २९ वर्षीय अमृता ओली, ४८ वर्षीय कलु खड्का, ३० वर्षीय रिमा ओली, १९ वर्षीय तुलसी ओली र ३१ वर्षीय पवित्रा ओली पक्राउ परेका छन्। पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानले बताए।
यसअघि प्रहरीले ३० वर्षीय टिकाराम ओली, ५५ वर्षी निरु भन्ने निरबहादुर ओली, १९ वर्षीय भिमबहादुर खड्का र ३३ वर्षीय हरीकृष्ण भाटलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
गत असार २६ गते खानेपानीको विषयमा भएको विवादपछि झडपमा परी गणेश महराका ७ वर्षीय छोरा हिमान्शु महरा (शिद्धार्थ)को मुत्यु भएको थियो। झडपका बेला उनको मुखमा ढुङ्गाले चोट लागेको थियो। घटनापछि घाइते भएका उनको उपचारका क्रममा २७ गते बिहान कैलालीको सारथी अस्पतालमा मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस !