स्थानीय तहलाई २० लाख बढीको स्वास्थ्य सामग्री सहयोग

स्थानीय तहलाई २० लाख बढीको स्वास्थ्य सामग्री सहयोग

बाजुरा : जिल्लाको अति दुर्गम पूर्वी उत्तरी क्षेत्रका दुईवटा स्थानीय तहलाई पीसबिन बाजुरा नामक गैरसरकारी संस्थाले २० लाख बढीको सरसफाइ तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ। बुढिनन्दा नगरपालिका र हिमाली गाउँपालिकालाई वेल्डहंगर हिल्फे सम्पूर्ण परियोजना र पीसबिन बाजुराको आर्थिक सहयोगमा क्वारिन्टाइन व्यवस्थापनका लागि ४० वटा ब्याड सेट ओड्ने ओछ्याउने, ३ सय जोड चप्पल, हात धुने ड्रम ८ पीस, सेनिटाइज ५ सय एमएलका २० बोतल, ६ हजार १ सय ६८ घरधुरीलाई ८ लाख ५० हजार बराबरको हात धुने साबुन र ४ सय ५० जना गर्भवतीलाई १ लाख ५५ हजार २ सय ५० बराबरको अण्डा वितरण गरिएको पीसबिन बाजुराका सम्पूर्ण परियोजना अधिकृत्त  गोबिन्द थापाले जानकारी दिए । 

त्यस्तै विभिन्न स्वास्थ्य संस्था, प्रहरी, पत्रकार तथा अन्य कर्मचारीलगायतलाई ३ हजार ५ सय मास्क वितरण गरिएको थापाले बताए ।  कृषकलाई १३ क्वीन्टल ५० किलो मकै र ३७ क्वीन्टल सिमी समेत वितरण गरिएको थापाले बताए । भोकमरीको समस्य हुनबाट बच्न हाइब्रेड जातको मकै र सिमी वितरण गरिएको उनले बताए ।  

बाजुराको उत्तरी क्षेत्रका चारवटै स्थानीय तहसँग समन्य गरेर सरसफाइ तथा स्वाथ्य सामग्री वितरण गर्ने तयारी रहेको पीसबिन बाजुरा स्थानीय अधिकार परियोजनाका अधिकृत्त पदम कठायतले बताए । 

पिसबिन बाजुराले क्वारिन्टाइन व्यवस्थापनका लागि स्वास्थ्य सामग्री सहयोग गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द मल्लले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.