डडेल्धुरामा १८ करोड बढी बेरुजु

डडेल्धुरामा १८ करोड बढी बेरुजु

डडेल्धुरा : डडेल्धुराका सातवटा स्थानीय तहमा १८ करोड बढी बेरुजु आएको छ । महालेखा परीक्षकको सन्ताउन्नौँ वार्षिक प्रतिवेदन अनुसार डडेल्धुरा जिल्लाका स्थानीय तहको बेरुजु १८ करोड भन्दामाथि रहेको छ ।

७ वटै स्थानीय तहहरुको बेरुजु १८ करोड २७ लाख ८ हजार रहेको छ उक्त बेरुजु रकम मध्ये भागेश्वर गाउँपालिकाको मात्रै ५ करोड ४५ लाख ११ हजार रुपैयाँ बेरुजु रहेको छ । भागेश्वर गाउँपालिकाको ६२ करोड ७ लाख ३५ हजार रुपैयाँको लेखारीक्षण रकममध्ये ५ करोड ४५ लाख ११ हजार रुपैयाँ बेरुजु रहेको छ ।

कुल लेखापरीक्षण रकमको ८.७८ प्रतिशत रकम बेरुजु रहेको हो । डडेल्धुरा ७ वटै स्थानीय तहमध्ये भागेश्वर गाउँपालिकाको सबैभन्दा बढी बेरुजु रहेको छ भने सबैभन्दा कम अमरगढी नगरपालिकाको छ ।

डडेल्धुराका ७ वटै स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु अमरगढी नगरपालिकाको रहेको छ । अमरगढी नगरपालिकाको ०.७१ प्रतिशत रकम बेरुजु रहेको छ । लेखापरीक्षण गरिएको कुल रकम ६९ करोड ८५ लाख ७९ हजार रकममध्ये ४९ लाख ८८ हजार रुपैयाँ बेरुजु रहेको छ ।

आलिताल गाउँपालिकाको ७० करोड ६० लाख ९२ हजार रुपैयाँको लेखापरीक्षण गरिएको र जसमध्ये बेरुजु ४ करोड ३४ लाख ७९ हजार रहेको छ आलिताल गाउँपालिकाको बेरुजु ६.१६ प्रतिशत रहेको छ ।

यस्तै परशुराम नगरपालिकाको ३ करोड ७० लाख ९९ हजार बेरुजु रहेको छ कुल लेखापरीक्षण रकम १ अर्ब १६ करोड २६ लाख १५ हजारको ३.१९ प्रतिशत बेरुजु रहेको छ । नवदुर्गा गाउँपालिकाको कुल लेखापरीक्षण रकम ७३ करोड ४८ लाख ४६ हजारको २।४९ प्रतिशत रकम वेरुजु रहेको छ । नवदुर्गा गाउपालिकाको वेरुजु रकम १ करोड ८२ लाख ९७ हजार रहेको छ ।

अजयमेरु गाउपालिकाको १ करोड ४९ लाख २५ हजार रुपैया बेरुजु रहेको छ । कुल लेखापरीक्षण रकम ७२ करोड ५९ लाख १४ हजार रुपैया रहेको छ जुन कुल लेखापरीक्षण रकमको २.०६ प्रतिशत बेरुजु रहेको छ । र गन्यापधुरा गाउ पालिकाको ९४ लाख ९ हजार रुपैयाँ बेरुजु रहेको छ कुल लेखापरीक्षण रकम ५३ करोड ६६ लाख४ हजारको १.७५ प्रतिशत बेरुजु रहेको छ ।

कोषतथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराका लेखापाल तथा सुचना अधिकारी सागर साउदका अनुसार ‘वेरुजु आउने वित्तिकै खाएको, हिनामिना गरेको भन्ने बुझिदैन । त्यो विकास निर्माणका काम वाफत लिएको पेस्कि बेरुजु पनि हुन सक्छ ।' सूचना अधिकारी साउदले भने, 'वेरुजु आउनका पछाडी वभिन्न कारण हुन सक्छन अन्तिम लेखा परिक्षण नभएसम्म वेरुजु कुन विषयमा छ एकिन्न गर्न सकिन्न ।'

ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाले गर्दा भागेश्वर गाउपालिकाको बेरुजु बढी देखिएको भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्ष रोकाले बताए।डोलिडार सडक विभाग र ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाको नम्स नमिलेको भएर बेरुजु बढी देखिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.