मृतक परिवारका पाँच जनामा कोरोना

मृतक परिवारका पाँच जनामा कोरोना

राजविराज : कोरोना संक्रमणका कारण मृत्यु भएका राजविराज नगरपालिका-६ का ७३ वर्षीय व्यवसायीको परिवारका पाँच जना सदस्यलाई कोरोना संक्रमण देखिएको छ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको ल्याबमा गरिएको परीक्षणअनुसार मृतकको एकासगोल परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए। मृतकका ६७ वर्षीया श्रीमती, ४५ वर्षीय छोरा, ३६ वर्षीया बुहारी, १७ वर्षीय नाती, ११ वर्षीया नातिनीमा पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार मृत्यु भएका व्यक्तिको घरपरिवारका पाँच तथा सम्पर्कमा आएका कामदार र नातेदार १८ जनाको शुक्रबार स्वाब परिक्षण गरीएको थियो। 

शुक्रबार साँझ लिइएको परिवारका पाँच र सँगै धरान गएका एक कामदारको स्वाब परीक्षणको रिपोर्ट आइसकेको छ भने शुक्रबार दिउँसो राजदेवी माविमा गरिएको मृतकको पसलमा कार्यरत कामदार र नातेदार १७ जनाको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ। परिवारका सदस्यसँगै स्वाब लिइएको एक कामदारको रिपोर्ट नेगेटिभ आएको छ भने अन्यको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवको भनाइ छ।

    गत बिहीबार राति कोरोना संक्रमणका कारण राजविराज नगरपालिका-६ का ७३ वर्षीय पुरुषको मृत्यु भएको थियो। घरमै खाद बिज भण्डार र कोशी ग्यासका प्रमुख डिलरको पसल रहेको उनी श्रीमतीको उपचार गराई श्रीमती र छोरासहित भारतको दिल्ली र दरभंगा हुँदै १३ दिन अघि घर आएका थिए। प्रोष्टेड, मुटु रोग तथा थाइराडका दीर्घरोगी उनलाई स्वास प्रश्वासमा समस्या भएपछि र ज्वरो लागेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको मृतकका छोराले बताए। उपचारका क्रममा कोरोना पोजेटिभ देखिएको केही घण्टामै उनको मृत्यु भएको थियो।
    
यसैगरी, आइतबार नै हनुमाननगर कंकालिनी नगरपालिका १४ का ३१ वर्षीया महिला, छिन्नमस्ता गाउँपालिका-४ का ३१ वर्षीय पुरुष र छिन्नमस्ता गाउँपालिका-५ का ९ र ३३ वर्षीय पुरुष तथा ११ र २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
    
योसँगै सप्तरीमा कोरोना पोजेटिभको सङ्ख्या ३ सय ७७ पुगेको छ। आइतबार ११ र शनिबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।   यसअघि शनिबार १८ जनामा कोरोना पोजेटिभ देखिएको थियो। खडक नगरपालिकाका २५, २८, ३०, ३३ र ५० वर्षीय पुरुष, सुरुङ्गा नगरपालिकाका २३, ३६, ३३, २६, २३, ३३, ४५ र ५० वर्षीय पुरुष, बलान विहुल गाउँपालिकाका ३३ र उमेर नखुलेका पुरुष तथा ६ वर्षीया बालिका र १० वर्षीय बालकमा कोरोना पुष्टि भएको छ।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.