म्याग्दीका १४ जनाले जिते कोरोना

म्याग्दीका १४ जनाले जिते कोरोना

बेनी :  म्याग्दीमा एकैदिन १४ जना कोरोना (भाइरस) संक्रमित निको भएर घर फर्किएका छन् । भारत र खाडी मुलकको विभिन्न देशबाट आएर बेनीको क्वारेन्टाइनमा बसेका उनीहरुलाई कोरोना पुष्टि भएपछि खुल्ला मञ्चको शैक्षिक तालिम केन्द्रको भवनमा सञ्चालित आइसोलेसनमा राखिएको थियो । 

आइसोलेसनमा उपचार गराइरहेका १४ जना पुरुषको पछिल्लो स्वाब नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि सोमबार घर पठाइएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिए । 

उनीहरु सबै पुरुष हुन् । २० बेड क्षमताको आइसोलेसनमा आइतबार कोरोना पुष्टि भएका छजनालाई राखिएको छ ।हालसम्म  ५ जना महिलासहित ३४ जनाले कोरोना जितेर घर फर्किएका छन् । 

म्याग्दीमा हालसम्म ६५६ वटा स्वाब संकलन गरेर कोरोनाको परिक्षण भएको छ । क्वारेन्टिनमा बसेका ४१ ज्नाको रिपोर्ट आउन बाँकी छ । भरतबाट आएर ४० दिन क्वारेन्टाइन र आइसोलेसनमा बसेर कोरोना निको भएपछि घर जान लागेका मंगला-२ पैयुपाटाका नरबहादुर किसानले आत्मबल भएमा कोरोनालाई जित्न सकिने अनुभव सुनाए । 

कोरोना जितेर घरमा गएकालाई सम्मानपूर्वक व्यवहारको व्यवहारको अपेक्षा राखे । भारत, खाडी मुलुक र युरोपका देशमा रोजगारी गुमेर, अप्ठ्यारोमा परेपछि अलपत्र परेका म्याग्दीका ४५० जनालाई उद्दार गरेर ल्याइएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.