पाल्पामा पहिरै-पहिरो : पाल्पा- बुटवल सडकखण्ड बेलुका ८ देखि बिहान ६ बजेसम्म बन्द

पाल्पामा पहिरै-पहिरो :  पाल्पा- बुटवल सडकखण्ड  बेलुका ८ देखि बिहान ६ बजेसम्म बन्द

पाल्पा : लगातारको वर्षाले पाल्पाका राजमार्गदेखि ग्रामिण भेगका सडक अवरुद्ध भएका छन । प्रदेश ५ राजधानीदेखि  गण्डकी प्रदेशको राजधानी जोड्ने सिद्धार्थ राजमार्ग पाल्पा बुटवल सडकखण्डको १० भन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । 

पाल्पा बुटवल सडक खण्डको गौडेपुलमा झरेको पहिरोले एकहप्तादेखि राजमार्ग अवरुद्ध हुँदै आएको छ । पछिल्लो समय गौडेपुलको पहिरो धादिङको कृष्णभीरको पहिरोजस्तै जोखिम बनेको छ ।

पाल्पा बुटवल सडकखण्डमा जुनसुकै समयमा पहिरो खस्ने अवस्था भएकोले पाल्पा प्रहरीले बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म यात्रामा रोक लगाएको छ । यसैगरी कालीमाटी क्षेत्रमा घुम्ती कटान गरिएका क्षेत्रहरुमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ । यसैगरी चर्चरे, हिउदेखोला, झुम्सा, पैठेडाडा, दोभान, हेडबक्स, सिद्धवावा मन्दिर क्षेत्रमा पहिरो खस्दा पाल्पा बुटवल सडक अवरुद्ध भएको हो । बाढी र पहिरोको कारण सिद्धवावा मन्दिर समेत जोखिममा परेको छ ।

 तानसेन रिडी सडको भैरवस्थान, हार्थाक क्षेत्रमा पहिरो खसेको छ भने तानसेन रानीमहल सडका पनि पहिरो खस्दा  सडक अवरुद्ध भएको छ । अवरुद्ध भएका राजमार्ग तथा ग्रामिण क्षेत्रमा डिभिजन सडक कार्यालय तथा पालिकाहरु संग समन्वय गरी पहिरो पन्छाउने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन गिरीले बताए । 
पाल्पामा पालिका जोड्ने अधिकाश सडकहरु अवरुद्ध भएका छन् । रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, माथागढी गाउँपालिका जोड्ने सडकको अधिकाशं स्थानमा पहिरो झरेको छ । 

स्थानीय स्तरमा डोजर परिचालन गरी सडक खुलाउने प्रयास गरिएपनि लगातारको बर्षाले पहिरो झर्नेक्रम रोकिएको छैन । तानसेनदेखि हार्थाक तथा हार्थाकदेखि छहरा सडक क्षेत्रमा बाटो चौडा गर्ने क्रममा खसेको पहिरोले सयौं घर जोखिममा परेका छन् । सडक क्षेत्रमा परेका किसानको बालीनाली नोक्सान भएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.