लकडाउनमा दोब्बर भाडा असुली गर्ने सवारी साधन कारबाहीमा

लकडाउनमा दोब्बर भाडा असुली गर्ने सवारी साधन कारबाहीमा

डडेल्धुरा : यातायात समितिको निर्णय समेत नमानी मानोमानी ढंगले सञ्चालनमा आएका छोटो दूरीमा चल्ने जीपले यात्रुबाट दोब्बर भाडा असुली गरिरहेको पाइएको छ। लकडाउन खुकुलो भएपनि सार्वजनिक यातायात खासै सञ्चालनमा नआएका बेला केही सवारी साधनले ग्रामिण क्षेत्रबाट यात्रु सदरमुकाम ल्याउन दोब्बर भाडा लिइरहेका छन्।

क्षमताभन्दा आधा यात्रु बोक्ने र ५० प्रतिशतसम्म भाडा बढाउने सरकारको नीति भएपनि डडेल्धुरामा भने सार्वजनिक यातायातकर्मीले मनलाग्दी दोब्बर भाडा लिइरहेको गुनासो आउन थालेको छ।

सावारी साधनले यात्रु खचखच बोक्ने र भाडा पनि दोब्बर लिने गरेको खुलेपछि जिल्ला ट्राफिक कार्यालय स्याउलेले डडेल्धुराले जीप सञ्चालक एवं चालकलाई कारबाही समेत गरेको छ ।

कोरोना महामारीको समयमा दुर्गम ग्रामिण क्षेत्रबाट चल्ने सवारी साधनले मनपरि रुपमा भाडा लिइरहेको रुपालबाट जिल्ला सदरमुकाम पुगेका एक यात्रुले बताए । हिँडेर आउँदा ६।७ घण्टा भन्दा बढी समय लाग्ने रुपालबाट गाडिमा आउँदा पाँचसयसम्म लिने गरेको पाइएको छ । अन्य समयमा २ सय ५० सम्म भाडादर रहेको थियो ।

लकडाउनको पालन नगर्ने सार्वजनिक यातायातका सवारी साधनलाई कारबाही गरिएको ट्रफिक प्रहरी स्याउलेले जनाएको छ । लकडाउन खुकुलो भएसँग सरकारको नियम उलंघन गर्ने सार्वजनिक सवारीका साधनलाई सोमबार प्रहरीले कारबाही गरेको ट्राफिक प्रहरी इञ्चार्ज देव खत्रीले बताए ।

सोमबार ग्रामिण क्षेत्रमा सञ्चालन हुने जीपलाई पहिलो पटकका लागि सामान्य जरिवानासहित सम्झाई बुझाई छोडिएको ट्राफिक प्रहरीले जनाएको छ। यात्रुबाट दोब्बर भाडा र मालसामानको पनि यात्रु बराबर भाडा असुल्ने गरेको गुनासो पछि चेकजाँचका क्रममा आठवटा जीप कारबाहीमा परेको ट्राफिक प्रहरी इञ्चार्ज खत्रीले जानकारी दिए ।

यात्रुसँगै मालसामान बोकेका आठवटा जीप  चेकजाँच गरी पहिलो पटकका लागि सामान्य जरिवाना  पाँच सयसहित सम्झाई बुझाई गरी छोडिएको छ ।  पाँचवटा सिट पास भएका बोलेरो डबल क्याभ जीपले १२ जना यात्रु बोक्न पाउने गरी जिल्ला प्रशासनमा सहमती गरिएको छ ।

लकडाउन केही खुकुलो भए संगै सामाजिक भौतिक दुरी कायम गरी आधा यात्रु बोक्ने, मास्क अनिवार्य लगाउने र ५० प्रतिशतसम्म भाडा थप लिने छलफल यातायात व्यवसायीसँग गरिए पनि कार्यान्वयन भने हुन सकेको छैन ।

उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्राली को समितिले चलान नै नकाट्ने सूचना जारी गरेको छ । अहिले कुनै पनि सावरीका साधान सञ्चालनमा नआउने समितीले जनाएको भएपनि सवारी धनी वा चालकले भने गाडि सञ्चालन गर्दै आएका छन्  ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.