पृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो (फाेटाे फिचर)

पृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो (फाेटाे फिचर)

धादिङ : बाढीले पुलछेउको राजमार्ग कटान गरेपछि सोमबार अपरान्हदेखि राजधानी भित्रिने नाका पूर्णरुपमा ठप्प भएको छ। राजधानी भित्रिने प्रमुख नाकाको रुपमा रहेको पृथ्वीराजमार्गको मौवाखोलामा अविरल वर्षापछि आएको बाढीले राजमार्गको करिव ५ मिटर जमिन कटान गरेको छ भने मौवाखोला पुलमा समेत क्षति पुर्‍याएको छ।

बाढीले क्षति पुर्‍याएको सडक खण्ड मर्मत गर्न वर्षा नै बाधक भएको छ। लगातार पानी परिरहेको कारणले गर्दा मौवाखोलाको खहरे भेलमा पानीको बहाव कम नभएकाले थप क्षति हुन नदिनका लागि डाइभर्सन बनाउन पनि नसकिएको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। लगातार वर्षा भइरहेकाले तत्काल राजमार्ग सुचारु गर्न सडक मर्मत गर्ने काम पनि सुरु गर्न नसकिएको प्रजिअ तामाङको भनाइ छ।

मंगलबार सडक डिभिजन कार्यलय भरतपुर चितवनका प्रमुख कृष्ण अधिकारीसहित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतले पुलको अवस्थाको स्थलगत अवलोकन गरेका थिए। प्रजिअ तामाङले भने, ‘धादिङको जोगीमारादेखि मौवा खोलासम्म पृथ्वीराजमार्गको ९ ठाउँमा ठुला-ठुला चट्टान सहितको पहिरो थुप्रिएको छ। सबै ठाउँमा पहिरो पन्छाउने काम भइरहे पनि मौवाखोला पुलले गर्दा आवागमन ठप्प छ।’

डिभिजन सडक कार्यलय भरतपुरका प्रमुख इन्जिनियर कृष्ण अधिकारीका अनुसार मौवाखोलामा पानीको बहाव कम नभएकाले खोलामै पसेर पुलको प्राविधिक अध्ययन गर्नसमेत अप्ठ्यारो भएको बताए। उनका अनुसार बाढीले पुल र सडकबीचको एप्रोच खण्ड बगाएकाले पुलको संरचनामा भने कुनै क्षति देखिएको छैन। सडक सुचारु गराउनको लागि बेलिब्रिज हाल्ने, डाइभर्सन बनाएर खोलाबाटै सडक खन्ने जस्ता विकल्प रहे पनि चाँडै सडक सुचारु गराउनको लागि ग्याविन जाली लगाएर माटो भर्नु नै उपयुक्त विकल्प रहेको अधिकारीले बताए।

सडक भत्किएर सवारी आवागमन ठप्प भएपछि राजधानीबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने सवारी साधनलाई सोमबार अपरान्हदेखि नै नागढुङगाबाटै फर्काइएको थियो। त्यस्तै चितवनतर्फ रोकिएका सवारी साधनलाई मुग्लिन र पोखरातर्फ पठाइएको छ। मौसम सुधार भएको खण्डमा राजमार्गका सबै ठाउँमा झरेको पहिरो पूर्ण रुपमा हटाइ दुइतर्फी नै सवारी आवागमन गराउन २ दिन लाग्ने ट्राफिक प्रहरीले जनाएको छ। सोमबार राजमार्गमा झरेको पहिरोले ४ वटा गाडी बगाएर बेपत्ता बनाएको थियो भने ४ वटा गाडी पहिरोले पुरेको थियो। पहिरोले पुरेका ४ वटै गाडीलाई निकाली सकिएको छ। 

सदरमुकाम भित्रिने सडक पनि भासियो 

धादिङको जिल्ला सदरमुकालाई पृथ्वीराजमार्गसँग जोड्ने एकमात्रै सडक धादिङ मलेखु सडक खण्डको फिसफिसेटारमा सडक भासिंदा ठुला सवारी साधन सदरमुकाम भित्रिन सकेका छैनन्।

सडकको आधा भाग धस्सिएर पहिरो गएकाले दुई पाङग्रे र ४ पाङग्रे साना सवारी साधनमात्रै चलेको छ। सडक भासिएकाले अन्यत्र ठाउँबाट कालुपाण्डे मार्ग हुँदै जिल्ला सदरमुकाम आइरहेका मालवाहक ट्रक र बस बीच बाटोमै अलपत्र परेका छन्।

त्यस्तै धादिङ सल्यानटार सडक खण्डको हुनमान डाँडामा सडक भासिंदा त्रिपुरासुन्दरी र गंगाजमुना गाउँपालिकाबाट सदरमुकाम भित्रिने सडक पनि अवरुद्ध बनेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.