राजविराजमा यसरी फैलियो कोरोना

राजविराजमा यसरी फैलियो कोरोना

राजविराज : सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित व्यापारीको सम्पर्कमा रहेका थप दुईजना छिमेकीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा गरिएको परीक्षणअनुसार मृतकको परिवारसँग सम्पर्कमा रहेका छिमेकी  राजविराज नगरपालिका-६ का ५३ वर्षीय पुरुष र उनकी ४८ वर्षीया श्रीमतीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यसअघि मृतक परिवारका पाँचजना सदस्यसहित उनको पसलमा काम गर्ने ५५ वर्षीय कामदार र ३७ वर्षीय छोराको साथीमा पनि कोरोना पुष्टि भएको थियो । भारतको दिल्ली र दरभंगाबाट उपचार गराएर चार महिनापछि घर फर्किएका मृतक परिवारलाई उनका छिमेकीले केही दिन घरमा बोलाएर खाना खुवाएका थिए । उनीहरू पनि व्यापारी हुन् । उनीहरूका छोरी सनराइज बैंकमा कार्यरत रहेकाले मंगलबारदेखि उक्त बैंक सिल गरिएको छ ।

लकडाउन खुकुलो भएपछि भारतबाट घर आएका ७३ वर्षीय कोरोना संक्रमित व्यापारीको १३ दिनपछि बिहीबार राति मृत्यु भएपछि ट्रयाकिङ र ट्रेसिङ गर्दै जाँदा एक सय ५० जनाभन्दा बढी व्यक्तिको पीसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।

हालसम्म मृतकको सम्पर्कमा आएका ९ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिँदै स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले मंगलबार थप दुईजना छिमेकीमा कोरोना संक्रमण देखिएपछि एक सय बढीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जानकारी दिए । 

पछिल्लो दुई दिनमा लिइएको एक सय ५० जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ । एकैपटक धेरैजनाको स्वाब संकलन गर्नुपर्दा भिटिएम ट्युब अभाव भएको स्वास्थ्य कार्यालयका बरिष्ठ मलेरिया इन्स्पेक्टर नारायणप्रसाद राउत बरैले बताए ।

मृतकका परिवारका पाँचजना घरमै आइसोलेसनमा रहेका छन् । मृतकको परिवार लकडाउन अवधिभरी भारतको दिल्ली र दरभंगामा रोकिनु परेको थियो । मृतककी श्रीमतीको उपचारपछि छोरासहित असार २० गते घर आएको वडा अध्यक्ष प्रेम यादवले जानकारी दिए । भारतबाटै संक्रमित भएर आएका मृतकका परिवार होम क्वारेन्टाइनमा रहे पनि बाहिरी व्यक्तिसँग सम्पर्कमा रहेकाले यो अवधिमा को-कोसँग भेट गरे भनेर विस्तृत विवरण संकलन भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमित पुष्टि भएकाको घरपरिवारका सदस्यलगायत उनीहरूको सम्पर्कमा आएकाको विवरण संकलन गर्ने र स्वाब संकलन गर्ने काम भइरहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए । 

सप्तरीमा कोरोना पोजिटिभ हुनेको संख्या ३ सय ८७ पुगेको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।जसमध्ये २३ महिलासहित २ सय ८९ जना निको भइ घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.