वीरगन्जमा शुक्रबार कोरोनाले दुईको मृत्यु

वीरगन्जमा शुक्रबार कोरोनाले दुईको मृत्यु

वीरगन्ज : वीरगन्जमा तीन दिनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट तीन जनाको मृत्यु भएको हो। 

गण्डकस्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचाररत बाराको परवानीपुर गाउँपालिका ४ की १९ वर्षीया युवतीको शुक्रबार मृत्यु भएको हो। उनको साँझ साढे ५ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। 

यसअघि शुक्रबार बिहान वीरगन्जकै कोभिड अस्पतालको आइसोलेसनमा वीरगन्ज ११ श्रीपुरकी ८५ वर्षीया महिलाको मृत्यु भएको थियो। त्यसअघि गत मङगलबार पनि आइसोलेसनमै मृत्यु भएका वीरगन्ज माइस्थानका ७० वर्षीया बृद्धमा पनि बुधबार राति संक्रमण पुष्टि भएको थियो। 

शुक्रबार साँझ मृत्यु पछिमात्र युवतीमा कोरोना पुष्टि भएको कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए।  यसअघि उनमा आरडिटी रिपोर्ट पनि पोजिटिभ देखिएको थियो।

गत बुधबार स्वास्थ्यमा समस्या आएपछि युवतीलाई वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा कोरोनाको शंका लागेपछि चिकित्सकले युवतीको आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो। 

त्यसपछि उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो। तर प्रयोगशालाबाट रिपोर्ट आउन ढिला भएपछि उनलाई बिहीबार राति साढे ९ बजे तिर वीरगन्ज हेल्थ केयरबाट गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको छ। 

हेल्थ केयर अस्पतालमा आरडीटी पोजिटिभ देखिएपछि युवतीलाई राति कोभिड अस्पतालमा ल्याइएको थियो।  नारायणी अस्पतालको प्रयोगशालाबाट शुक्रबार बेलुकी पीसीआर रिपोर्ट पनि आएकाले शव अस्पतालकै आइसोलेसनमा राखिएको र शनिबार सेनाले शव व्यवस्थापन गर्ने डा. सिंहले जानकारी दिए। 
  
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.