होटल सञ्चालनको तयारीमा व्यवसायी

होटल सञ्चालनको तयारीमा व्यवसायी

पोखरा : चैत ११ गतेदेखि लगाइएको लकडाउन १ सय २० दिन पछि बुधबार रातिबाट हटेको छ। लकडाउन हटेर होटल रेस्टुरेन्ट सञ्चालन गर्न पाउने निणयसँगै पोखराका पर्यटन व्यवसायी लामो समय देखि बन्द व्यवसायलाई पुनः सञ्चालन गर्न तयारीमा जुट्ने बताएका छन्।

कोरोना कहरका बीच पर्यटक आइहाल्ने अवस्था नरहे पनि लामो समयदेखि बन्द होटल, रेस्टुरेन्ट सरसफाइ गरेर तयारी अवस्थामा राख्ने गरी अघि बढ्ने पोखराका पर्यटन व्यवसायीको छाता संगठन पोखरा पर्यटन परिषद्का अध्यक्ष चीरञ्जीवी पोखरेलले बताए।

कोरोनासँग सधैं डराएर चल्न सक्ने अवस्था नरहने भएकाले विश्व स्वास्थ्य संगठनको प्रोटोकललाई फलो गर्दै सुरक्षित रूपमा बिस्तारै होटल रेस्टुरेन्टलाई चलायमान बनाउने तयारीमा पर्यटन व्यवसायी जुट्ने उनले सुनाए। होटल रेस्टुरेन्ट खुले पनि विदेशी पर्यटक आउने वातावरण नभएसम्म पर्यटन उद्योग अघि बढ्न नसक्ने भए पनि लामो समयदेखि लकडानमा रहेका आन्तरिक पर्यटकलाई दसैं तिहारसम्म कोरोना सक्रमण निन्त्रणमा आउने विश्वासका साथ स्वागतको तयारीमा जुट्ने उनले बताए।

लामो समयसम्म रेस्टुरेन्ट बन्द रहँदा अस्तव्यस्त रहेको रेस्टुरेन्ट व्यवसायलाई सरसफाइ, मर्मत सम्भारमा जुट्दै सञ्चालनको तयारीमा जुट्ने गरी अघि बढ्दै गरेको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान ) पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण बरालले बताए। रेवानमा लेकसाइड क्षेत्रका एक सय रेस्टुरेन्ट आबद्घ छन्। रेस्टुरेन्ट सञ्चालन गर्नुअघि रेस्टुरेन्टका सञ्चालक स्वयं र मजदुरलाई कोरोना सक्रमण हुन नदिने विषयमा सुरक्षा तालिम दिइने उनले सुनाए।

होटल खोल्न नहतारिनू – होटल संघ

पश्चिमाञ्चल होटल संघ पोखराले भने पर्यटक आउने अवस्था नै नरहेको बेलामा होटल सञ्चालन गर्नुको कुनै अर्थ नरहेको बताएको छ। मानिस घरबाट बाहिर निस्कनुअघि आफू सुरक्षित हुन्छु कि हुँदैन भन्ने विषयलाई पहिलो प्राथमिकतामा राख्छन्। पर्यटकले पनि यहीँ विषयलाई पहिलो प्राथामिकतामा राख्ने नै भए। अहिले विश्वभर फैलिएको कोरोना कहरका कारण धेरैले रोजगारीसमेत गुमाएका छन्।

अझै अन्तर्राष्ट्रिय विमान सञ्चालनमा चलेका छैनन्। विदेशी पर्यटकको भरमा चल्ने लेकसाइडका धेरै होटल खुल्यो भन्नका लागि मात्र खोल्नुको कुनै अर्थ नरहेको संघका अध्यक्ष विकल तुलाचनले बताए। होटल भने तयारी अवस्थामा रहने उनले सुनाए। अन्तर्राष्ट्रिय विमान सञ्चालन हुन थालेपछि विदेशी र स्वदेशी पर्यटकको बुकिङ आउन थालेपछि मात्र होटल सञ्चालन हुन सक्ने उनले बताए।

विश्व पर्यटन बजार कोरोना कहरसँगै शून्यमा छ। लामो दूरीका सार्वजनिक सवारी भने भदौ १ गतेदेखि खोल्ने सरकारले बताएको छ। कोरोना कहर विश्वभर अझै नियन्त्रणमा आएको छैन। छिमेकी मुलुक भारतमा पछिल्लो समय एकै दिन ४० हजारमा कोरोना संक्रमण देखिएको छ। यस्तो अवस्थामा होटल रेस्टुरेन्ट सञ्चालन गर्न हतारिन नहुने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष तथा पोखराका अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.