निषेधाज्ञा लागु गरिएपछि यस्तो देखियो वीरगन्ज (फोटो फिचर)

निषेधाज्ञा लागु गरिएपछि यस्तो देखियो वीरगन्ज (फोटो फिचर)

वीरगन्ज : वीरगन्जमा कोरोना संक्रमितको संख्या बढ्दै गएर संक्रमण समुदायस्तरमै  फैलिएको आशंका भएपछि शनिबारदेखि अनिश्चितकालिन निषेधाज्ञा लागु गरिएको छ। 
जिल्ला प्रशासन कार्याल पर्साले वीरगन्ज महानगर क्षेत्रमा शनिबार बिहान ५ बजेदेखि अर्को सूचना नआउन्जेल सम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

वीरगन्जमा केहि दिन यता कोरोनाको लक्षणसहितका संक्रमितको संख्या बढ्दै गएको, तीन दिनमै ३ संक्रमितको मृत्यु भएको र आइसोलेसनमा रहेका केहि संक्रमितको अवस्था जटिल देखिएकोले स्थानीय प्रशासनले अनिश्चितकालीन  निषेधाज्ञा लगाएको हो। 

संक्रमण थप संक्रमण फैलन नदिन तथा कोरोनाको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाइ प्रभावकारी बनाउन वीरगन्ज महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले बताए। निषेधाज्ञा जारी भएपछि महानगर क्षेत्रमा सर्वसाधरणलाइ घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। औषधी र अस्पताल बाहेकका अन्य सबै पसल, बजार ,उद्योग व्यवसाय पुर्ण रुपमा बन्द गरिएको छ। 

यसअघिको लकडाउनमा तरकारी, किराना , खाद्यान्नका पसलहरु खोल्न दिइएको भएपनि शनिबारदेखि जारी निषेधाज्ञामा भने ती पसलहरु पनि बन्द रहेका छन्। नेपालकै अन्य जिल्लाबाट पनि मानिस र सवारी सधानको आवागमन पूर्ण रुपमा रोकिएको छ।

शनिबार बिहान ५ बजे देखि निषेधाज्ञा जारी गरिएसँगै वीरगन्ज महानगरका चोक चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको तैनाथी बढाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले नसकेका स्थानमा नेपाली सेनासमेत परिचालन गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.